सविना अछामे-
खोटाङ, बैशाख १४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा होमस्टे (घरवास) तालिम सुरु गरिएको छ । स्थानीय स्तरमा स्वरोजगार र पर्यटन विकासको उद्देश्यले तालिम आयोजना गरिएको हो ।
सामुहिक तथा निजी रुपमा पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्दै आयआर्जनको मेसो बसाउ“न तालिमको आयोजना गरिएको हो । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्राविधिक सहयोग, दिक्तेल रुपाकेट मझुवागढी नगरपालिका र खोटाङ उद्योग वाणिज्य संघको सहकार्यमा एक हप्ते होमस्टे तालिम आयोजना गरिएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीन राईले बताए ।
मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेलको मुढेमा संस्कार, संस्कृतिको प्रवद्र्घन, पर्यटक पाहुनाको सत्कारबाट आर्यआर्जन गर्न सुरु गरिएको तालिमको बैशाख १३ गते दिक्तेल रुपाकोट मझुवगढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले उद्घाटन गरेका हुन् ।
होमस्टे तालिममा बुइपा–महुरे नुनथला–हुर्लुङ–मुढे–तालखर्क भुलभुले जोड्ने सडक आसपासका स्थानीय होटल व्यावसायी तथा इच्छुकलाई सहभागी गराइएको अध्यक्ष राईले बताए । तालिम बैशाख ३० गतेसम्म हुने छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपामा निर्माणाधीन यलम्बर पार्क, महुरे, नुनथला, हुर्लुङ, रुपाकोट भ्यू टावर, मझुवागढी, पेनटावर, भुलभुले लगायतका पर्यटकीय स्थल आसपासमा रहेको होमस्टेको सम्भावनालाई ध्यानमा राखेर तालिमको आयेजना गरिएको राईले सुनाए । तालिममा ४० जना सहभागी छन् ।
तालिममा होमस्टे सञ्चालन तथा व्यवस्थापन, पाहुनाको स्वागत र सत्कार, सरसफाइ, स्थानीय स्तरमा उत्पादन हुने खाद्य तथा पेय सेवा, खाद्य उत्पादन तथा नियन्त्रण, प्राथमिक उपचार तथा लागू औषध, आचार संहिता र स्थानीय पर्यटकीय गतिविधि योजना तथा बजारीकरण लगायतका बारेमा जानकारी दिइने नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्रशिक्षक समिक शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित