कोरोनाको जोखिम बढेपछि हाटबजार बन्द

  • प्रकाशित मितिः वैशाख 13, 2078
  • 1079 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १३–कोरोना महामारीको जोखिम बढेपछि जिल्लाका हाटबजार तथा अन्य भिडभाड हुने ठाउ“हरु १५ दिनका लागि बन्द गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र खोटाङको सोमबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र खोटाङका संयोजक मित्रलाल शर्माका अनुसार १५ गतेदेखि लागू हुने गरी बैशाख ३० गतेसम्मका लागि बजार तथा भिडभाड हुने मेलाहरु बन्द गरिएको हो । कोभिड–१९ को संक्रमण अवस्था हेरेर बन्दको समय थप–घट हुने शर्माले सुनाए ।
जिल्लाका मठ–मन्दिर, गुम्बा, चर्च, भजन–किर्तन, कलशयात्रा, बलिपूजा लगायत बन्द गरिएको प्रजिअ शर्माले सुनाए । यसबाहेक सभा, सम्मेलन, गोष्ठी, उद्घाटन, शिलान्यास, चियापान लगायतका भिडभाड हुने कार्यक्रमहरुमा समेत रोक लगाइएको प्रजिअ शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित