असिनाले बाली नष्ट

  • प्रकाशित मितिः बैशाख १२, २०७८
  • 908 पटक पढिएको
  • संवादताता

सविना अछामे-
खोटाङ, बैशाख १२– रावावेसी गाउ“पालिकामा पानीसंगै परेको असिनाले लाखौंको क्षती गरेको छ । वैशाख २ गते राती पानीसंगै परेको असिनाले रावावेसी गाउ“पालिका–६ हौंचुरको पैया“मा करिब ५२ हेक्टर क्षेत्रफलमा लगाइएको २३ लाख बराबरको अन्नवाली क्षति भएको हो ।
असिनाले आलु, मकै, गहु“, जौ, तरकारी तथा फलफूलमा क्षति पु¥याएको गाउ“पालिकाका कृषि शाखाका संयोजक मुगाधन राईले बताए । उनका अनुसार २५ हेक्टर क्षेत्रफलमा लगाइएको आलुमा १३ लाख बराबरको क्षति पुगेको अनुगमनका क्रममा मुल्याकन गरिएको छ । असिनाका कारण आलुको उत्पादन ८० प्रतिशतले घट्ने अनुमान गरिएकोे छ । आलुको बोट भा“चिएपछि जरामा फल्दै गरेको आलुको दाना माउ बनेर निस्कने भएकाले खान अयोग्य हुने र उत्पादनमा समेत कमी आउने राईले बताए । मकैमा पनि क्षति पु¥याएको छ । १५ हेक्टर क्षेत्रफलमा लगाइएको करिब ६ लाख बराबरको मकै बाली नष्ट भएको राईले सुनाए ।
करिब १२ रोपनी जमिन लगाइएको गहु“ र जौ असिनाले नष्ट पारेको छ । पाकेर काट्ने बेला भएको दुई लाख ५० हजार बराबरको गहु“ र जौ समेत असिनाले नष्ट पारेको हो । एक हेक्टर जमिनमा लगाइएको स्याउ समेत नष्ट गरेको छ । करिब ५० हजार बराबरको स्याउ नष्ट गरिएको गाउ“पालिकाले जनाएको छ । असिनाले काउली, बन्दा लगायतका तरकारी बाली समेत पूर्णरुपमा नष्ट पारेको छ । असिनाले क्षति पु¥याएपछि रुपाकोट फलफूल तथा तरकारी उत्पादन कृषक समूहले कृषिसंग सम्वन्धित कार्यालयसंग राहतका लागि गुहार माग्ने निणर्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित