खोटाङमा बस दुर्घटना हुदा एक जनाको मृत्यु, २२ घाइते

  • प्रकाशित मितिः बैशाख ११, २०७८
  • 819 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ११–हलेसीबाट सप्तरी जादै गरेको बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन् ।
हलेसी दर्शनमा आएका तीर्थालु बोकेको बा ३ ख ९२८५ नम्बरको बस बैशाख ११ गते विहान हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“को कदुवास्थित रा“गाकाटेभिरमा दुर्घटना हुदा सिन्धुलीको झ्याङलेख गाउ“पालिका–४ सल्लेका १७ वर्षीय अनिल तामाङको मृत्यु भएको हो ।
खोटाङका प्रहरी निरीक्षक राजेन्द्र पौडेलका अनुसार हलेसी दर्शन गरेर फर्किएको बस दुर्घटना हुदा २२ जना घाइते भएका हुन् । ३९ जना यात्रु बोकेको उक्त बस बिहान १०ः५५ बजे करिब १५ मिटर तल (घुम्तीमा माथिल्लो सडकबाट तल्लो सडक) खसेको थियो । उक्त दुर्घटनामा सप्तरी कञ्चनपुर नगरपालिका–१२ की ७५ वर्षीया सीता नेपाल, १८ वर्षीया रमा श्रेष्ठ, ८ वर्षीय आयुश श्रेष्ठ, ४१ वर्षीय हेम श्रेष्ठ, ९० वर्षीया सन्तलक्ष्मी श्रेष्ठ, चन्द्रनारायण श्रेष्ठ, ४१ वर्षीया प्रमिला सुर्खेती, ६० वर्षीया लिलाकुमारी श्रेष्ठ, ४४ वर्षीया ममता नेपाल, १८ वर्षीया प्रजिता नेपाल घाइते भएका हुन् ।
त्यस्तै सप्तरी कञ्चनपुर नगरपालिका–१२ कै ५३ वर्षीया समुन्द्रीदेवी महतो, ४० वर्षीया कोपिला नेपाल, १४ वर्षीय निश्चल नेपाल, १० वर्षीय निश्मा नेपाल, ४० वर्षीया गीता श्रेष्ठ, ३५ वर्षीया बैजन्ती विश्वकर्मा, ४४ वर्षीया शान्ता विश्वकर्मा, ४५ वर्षीया विमला पखरेल, ४५ वर्षीया उर्मिला श्रेष्ठ र सिन्धुपाल्चोक चौतारा सा“गाचोकगढी नगरपालिका ११ का ३६ वर्षीय रविन्द्र ठकुरी घाइते भएका हुन् । घाइतेहरुको घुर्मीस्थित जनसेवा हेल्थ केयर र आस्था लाइफ केयरमा उपचार भइरहेको छ । घाइतेमध्ये आठ जनालाई विराटनगर रेफर गरिएको पौडेलले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित