सविना अछामे–
खोटाङ, बैशाख १०–रावाबेसी गाउ“पालिकाले फलफूल किसान पेन्सन कार्यक्रम सुरु गरेको छ । फलफुल खेतीबाट किसानलाई भविष्यमा पेन्सनको रुपमा नियमित आम्दानीको व्यवस्थाका लागि गाउ“पालिकाले किसान पेन्सन कार्यक्रम सुरु गरेको हो ।
गाउ“पालिकाले आर्थिक वर्ष २०७७÷०७८ बाट फलफूल बगैंचा विस्तार कार्यक्रम योजना बनाएर किसानलाई पेन्सन व्यवस्था मिलाउ“न आम्दानीको श्रोत समेत बढाइने गाउ“पालिका अध्यक्ष लीलानाथ निरौलाले बताए । यसका लागि गाउ“पालिकाले चालु आर्थिक वर्ष ८५ प्रतिशत अनुदानमा एभोकार्डो र कागतीकोृ बिरुवा वितरण गर्ने तयारी गरेको छ । किसानलाई फलफूल खेतीतर्फ आकर्षित गरी यसबाट भविष्यमा ‘पेन्सनको नारा’ दिइएको अध्यक्ष निरौलाले बताए ।
उक्त फलफूल बगैंचा विस्तार कार्यक्रम किसान पेन्सन कार्यक्रमका लागि चालु आर्थिक वर्ष पा“च लाख बजेट विनियोजन गरिएको अध्यक्ष निरौलाले सुनाए । अघिल्लो वर्ष लिची, आ“प र सुन्तला खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रम पकेट क्षेत्रको रुपमा विकास गरिने निरौलाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–अरिङ्गा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ८ –जिल्ला प... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित