जालपामा सुमा दुर्घटना, तीन जना घाइते

  • प्रकाशित मितिः बैशाख १०, २०७८
  • 1040 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख १०–टाटासुमो दुर्घटना हुदा तीन जना घाइते भएका छन् । केपिलासगढी गाउ“पालिकाको बाक्सिलाबाट हलेसी जादै गरेको ज १ ज २१४ नम्बरको टाटासुमो बैशाख १० गते विहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा दुर्घटना भएको हो ।
दुर्घटनामा केपिलासगढी गाउ“पालिका–४ की २२ वर्षीया सपना तामाङ, उक्त ठाउ“कै ३८ वर्षीय पञ्च श्रेष्ठ र केपिलासगढी गाउ“पालिका–७ का २६ वर्षीय केवल कोयी राई घाइते भएका हुन् । उनीहरुमध्ये सपनालाई जनसेवा सामुदायिक अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रेफर गरिएको छ । उनको कानमा चोट लागेको छ । अन्यको जनसेवा सामुदायिक अस्पतालमा उपचारपछि डिस्चार्य भइसकेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित