चट्याङले बृद्धको मृत्यु

  • प्रकाशित मितिः बैशाख ९, २०७८
  • 577 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ९–चट्याङले एक बृद्धको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको बैशाख ९ गते विहान मृत्यु भएको हो ।
विहान आठ बजे घरमा चिया पिइरहेको बेला परेको चट्याङले राईको मृत्यु भएको स्थानीय नारायण राईले बताए । चट्याङले राईकी छोरी ४५ वर्षीया तारा राई र नातिनी १४ वर्षीया रचना बेहोस् भएकी थिइन् । उनीहरु अवस्था सामान्य रहेको राईले सुनाए । शव पोसमार्टमका लागि दिक्तेल अस्पताल ल्याइएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित