दोषी अझै पत्तो लागेन

  • प्रकाशित मितिः आश्विन ११, २०७५
  • 5160 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज ११–रीता तामाङ हत्या प्रकरणमा संलग्नको अझै पत्ता लाग्न सकेको छैन । खोटेहाङ गाउ“पालिका–९ लिच्कीराम्चेकी अघिल्लो वर्ष माघ २६ गते १७ वर्षीया तामाङको सिम्पानीस्थित कुसेऔंशी जंगलमा हत्या भएको थियो । 
घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीको आशंका गरेको थियो । खोटाङस्थित प्रहरीले अनुसन्धान गर्न नसकेपछि रिजनल इन्भेस्टीगेसन टिम (आरआइटी)लाई आयोगले अनुरोध गरेको थियो । 
सिम्पानी बजारस्थित शिव खड्काको होटलमा काम गर्दै आएकी रीता घर नआएपछि खोजीका क्रममा कुशेऔसी जङ्गलको बाटोभन्दा करिब ४० मिटर तल भिरमा मिल्काइएको अवस्थामा मृत फेला परेकी थिइन् । 
त्यस्तै माइतीघरबाट फर्कने क्रममा जन्तेढुङ्गा गाउ“पालिका–३ काहुलेस्थित छिमाहा जङ्गलमा अघिल्लो साउन ४ गते मृत फेला परेकी जन्तेढुङ्गा गाउ“पालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न दोषीको अझै पत्तो लाग्न सकेको छैन । जन्तेढुङ्गा गाउ“पालिका–४ डम्बर्खुशिवालयस्थित माइतीबाट घर फर्कने क्रममा सम्पर्क विहीन भएको दोश्रो दिन विश्वकर्मा मृत फेला परेकी थिइन् । विश्वकर्माको शव सडक भन्दा करिब पा“च सय मिटर तल फेला परेको थियो । कम्बरमुनिको कपडा खोलिएको र नाकबाट रगत बगेको अवस्थामा विश्वकर्माको शव फेला परेको थियो ।  
अन्य फरार दोषी पक्राउमा कहलिएका खोटाङस्थित  प्रहरी नायव उपरीक्षक राजकुमार केसीले भने गहिरो गरी अनुसन्धान भइरहेको बताए । ‘पुरानो घटना भएकाले सुस्म रुपमा अनुसन्धान भइरहेको छ  ।’ केसीले भने–‘यसको परिणाम नआएसम्म अनुसन्धान जारी रहन्छ ।’
स्थानीयले भने प्रहरी प्रशासन दोषी पत्ता लगाउ“न उदासीन बनेको गुनासो गरेका छन् । जिल्लास्थित राजनीतिक दल तथा अधिकारकर्मी समेत यो घटनाप्रति संवेदनशी नबनेको  स्थानीयको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित