कोरोना विरुद्धको दोश्रो डोजको खोप सुरु

  • प्रकाशित मितिः बैशाख ८, २०७८
  • 1128 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ वैशाख ८–कारोनाविरुद्घको पहिलो डोज खोप लगाएकाहरुलाई बैशाख ७ गतेबाट दोश्रो खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा कोभिड–१९ विरुद्घ पहिलो खोप लगाएकाहरुलाई दोश्रो डोज खोप सुरु दिन सुरु गरिएको हो ।
यसअघि पहिलो खोप लगाई सकेका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई दोश्रो डोज खोप दिएर खोप लगाउने अभियान सुरु गरिएको हो । पहिलो चरणमा पहिलो डोज खोप लगाएकालाई बैशाख ७ गतेदेखि आगामी बैशाख ११ गतेसम्म दोश्रो डोज खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।
खोप बिहन १० बजेदेखि दिउ“सो ४ बजेसम्म लगाइने जनाएको छ । दोश्रो खोप लगाउनका लागि जिल्ला अस्पताल, ऐसेलुखर्क गाउ“पालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेसी गाउ“पालिका, खोटेहाङ गाउ“पालिका, जन्तेढुंगा गाउ“पालिका र केपिलासगढी गाउ“पालिकामा खोप केन्द्र निर्धारण गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउ“पालिका र साकेला गाउ“पालिकाका लागि भने जिल्ला अस्पताल दिक्तेलबाट खोप लाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।
पहिलो चरणमा खोटाङका एक हजार सात सय ६१ जनाले कोभिड–१९ विरुद्घको कोभिशिल्ड खोप लगाएका थिए । गत माघ १५ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको खोप अभियानका क्रममा छ सय ११ जना र फागुन २ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा एक हजार ७० जनाले कोभिशिल्ड खोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित