सविना अछामे–
खोटाङ, वैशाख ८–खोटेहाङ गाउ“पालिकामा चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताको तयारी गरिएको छ । खोटेहाङ गाउ“पालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आगामि वैशाख १२ गतेदेखि १५ गतेसम्म चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष महिला भलिबल प्रतियोगिता सञ्चालन गर्ने यारी गरिएको छ ।
वैशाख १५ गते पर्ने गाउ“पालिका स्थापनाको अवसरमा आयोजना हुने पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम, दोश्रो तथा दुई वटा सेमीफाइनलिष्ट टिमलाई क्रमशः एक लाख ११ हजार एक सय ११ रुपैया“, ६६ हजार छ सय ६६ रुपैया“ र ३३ हजार ३३ रुपैया“का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
उक्त खेलमा अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट लिफ्टर र उत्कृष्ट स्पाइकरले जनही ५÷५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने गाउ“पालिका अध्यक्ष प्रदीप राईले बताए । अध्यक्ष कप अन्तर वडास्तरिय खुला पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले सम्वन्धित वडाको सिफारिस तथा सम्वन्धित वडाको स्थायी ठेगाना खुल्ने फोटो सहितको परिचयपत्र पेश गर्नु पर्ने गाउ“पालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, मङ्सिर १७–स�... ... ...
सविना अछामे–खोटाङ, मङ्सिर १६–खोटेहाङमा नेकपा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १५–एमाल�... ... ...
सविना अछामे–खोटाङ, मङ्सिर १५–दिक्तेलस्थित ला�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १५–कोशी �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित