वडा सदस्यको निधन

  • प्रकाशित मितिः बैशाख ८, २०७८
  • 968 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, वैशाख ८–दिपु्रङ चुइचुम्मा गाउ“पालिका–१ याम्खाका वडा सदस्य नारायणप्रसाद श्रेष्ठको निधन भएको छ । वर्षदिनदेखि जन्डिसले थलिएका श्रेष्ठको ६७ वर्षको उमेरमा बैशाख ७ गते निधन भएको हो ।
श्रेष्ठको बयोधा अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको दिुप्रुङ चुइचुम्मा गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईले बताए । २०१० साल कात्तिक २२ गते याम्खा मोहोरियामा जन्मिएका श्रेष्ठ २०७४ सालको स्थानीय तहको निर्वाचनमा कागे्रसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । वडा सदस्य श्रेष्ठको पित्तथैलिमा स्टोन पनि देखिएको अध्यक्ष राईले सुनाए । श्रेष्ठ निजामती सेवाबाट अवकाशपछि वडा सदस्य बनेका थिए । मृतक श्रेष्ठका श्रीमती सहित दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित