सविना अछामे–
खोटाङ, वैशाख ७–माटिकोरे खेल मैदानमा आयोजित १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चुमेको छ । बैशाख ६ गते सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २२ स्वर्ण, ११ रजत र ९ कास्य पदक सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम स्थान ओगटेको हो ।
प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ६ कास्य पदक जित्दै हलेसी तुवाचुङ नगरपालिकाले दोश्रो स्थान प्राप्त गरेको छ । यस्तै ४ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित ऐसेलुखर्क गाउ“पालिकाले तेश्रो स्थान प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए ।
केही समयपछि हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि जिल्लाबाट चार अफिसियल सहित ८८ जना सहभागी हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित