सविना अछामे–
खोटाङ, वैशाख ७–माटिकोरे खेल मैदानमा आयोजित १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चुमेको छ । बैशाख ६ गते सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २२ स्वर्ण, ११ रजत र ९ कास्य पदक सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम स्थान ओगटेको हो ।
प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ६ कास्य पदक जित्दै हलेसी तुवाचुङ नगरपालिकाले दोश्रो स्थान प्राप्त गरेको छ । यस्तै ४ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित ऐसेलुखर्क गाउ“पालिकाले तेश्रो स्थान प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए ।
केही समयपछि हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि जिल्लाबाट चार अफिसियल सहित ८८ जना सहभागी हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित