घुर्मी–कटारी–मिर्चैया यातायात बन्द

  • प्रकाशित मितिः वैशाख ६, २०७८
  • 1752 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ वैशाख ६– सडक स्तरोन्नतीको माग गदैृ खोटाङ यातायात प्रालिले घुर्मी–कटारी मिरचैया सडकमा अनिश्चित कालका लागि यातायात सेवा बन्द गरेको छ । सिरहाको मिरचैया–उदयपुरको कटारी–घुर्मी सडक स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापनको माग गर्दै यातायात प्रालिले बैशाख ६ गतेदेखि उक्त सडक खण्डमा अनिश्चित कालीन बन्द गराएको हो ।
सिद्घिचरण राजमार्ग अन्तरगत पर्ने मिरचैया–घुर्मी कटारी सडक खण्डको ओटासिल पिच उक्किएछि जिर्ण बनेको, सडक दुर्घट्नाको जोखिम बढेकाले यसप्रति राज्यको ध्यान नपुगेको भन्दै यातायात प्रालिले अनिश्चि कालीन यातायात बन्द गरेर ध्यानाकर्षण गराएको हो । आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा मिरचैया–घुर्मी कटारी सडकको दुई लाइन सडक विस्तार तथा कालोपत्रेका लागि बजेटको सुनिश्चितता नभएसम्मका लागि एम्बुलेन्स बाहेकका यातायात साधनहरु अनिश्चितकालका लागि बन्द गरिएको खोटाङ यातायात प्रालिका अध्यक्ष टेकेन्द्र राईले बताए ।
घुर्मी कटारी मिरचैया सडकमा एम्बुलेन्स बाहेक सबै खालका यातायातका सवारी साधन हिडाउ“न बन्द गरिएपछि दिक्तेलबाट धरान बिराटनगर र विर्तामोड आवत–वावत गर्ने यात्रु मारमा परका छन् । आफ्नो माग पूरा नभए थप आन्दोलनका कार्यक्रमहरु अघि बढाइने यातायात प्रािलका अध्यक्ष राई र महासचिव रामकुमार हिङमाङले जारी गरेको विज्ञाप्तीमा उल्लेख छ । हाल जीर्ण अवस्थामा पुगेको मिरचैया–कटारी–घुर्मी सडक स्तरोन्नतिको माग गर्दै खोटाङ, उदयपुर ओखलढुंगा र सोलुखुम्बु उद्योग वाणिज्य संघले चैत ३१ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।
राईसंगको लिङ्क रोडका रुपमा रहेको सडक जीर्ण हुदा“ माथिल्लो सगरमाथा क्षेत्रमा उपभोग्यवस्तु ढुवानीमा समस्या भएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित