सविना अछामे–
खोटाङ चैत ३१–साकेला गाउ“पालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी छात्रामाथि शिक्षकबाटै कुटपिट भएको गुनासो आएका छ । छात्रातर्फको १५ सय मिटर दौड प्रतियोगितामा सहभागी साकेला गाउ“पालिका–५ मात्तिमस्थित सरस्वती माविका छात्र दिपेन कार्कीमाथि कुटपिट भएको गुनासो आएको हो । कार्कीमाथि साकेला गाउ“पालिका–२ रतन्छास्थित साकेला माविका सह–प्रधानाध्यापक प्रकाश राई लगायतले कुटपिट भएको गुनासो आएको हो । साकेला गाउ“पालिका–२ रतन्छाको दारुलाटार खेलमैदानमा आयोजित प्रतियोगितामा चैत २८ गते कुटिएको भन्दै नेपाल विद्यार्थी संघ खोटाङका उपाध्यक्ष जीवन खत्रीले विज्ञप्ती मार्फत विरोध जनाएका छन् । खेलमैदानमा दौडिरहेको अवस्थामै शिक्षक राई लगायतले कुटपिट गरेको उल्लेख गर्दै उक्त गतिविधि अक्षम्य भएको विज्ञप्तीमा उल्लेख छ । कार्कीले अर्का खेलाडीलाई छेकेकाले उनीमाथि कुटपिट गरिएको बताएका छन् । घटनाबारे आगामी बैशाख ४ गते छलफल आयोजना गरिएको गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित