यो युग विकास र समृद्धिको युग हो : मुख्यमन्त्री शेरधन राई

  • प्रकाशित मितिः चैत्र २१, २०७७
  • 950 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २१–प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यो युग विकास र समृद्धिको युग भएको बताएका छन् । चैत २१ गते दिक्तेल सोल्मामा कम्पोष्ट मल उद्योगको उद्घाटन मुख्यमन्त्री राईले त्यसो भनेका हुन् ।
सडक, पुल, खानेपानी, विद्युत, कृषि, पर्यटन लगायतको विकासले जनतामा समृद्धि मिलेको बताए । ‘प्रदेश सरकार बनेपछि सडक, पुल, खानेपानी, विद्युत, कृषि, पर्यटनको विकासले जनतामा सुविधा पुगेको छ ।’ राईले भने–‘यो युग विकास र समृद्धिको युग भएकाले यसले जनताको खुसी भएका छन् ।’
कृषिमा अनुदान, युवा रोजगार लगायतका कामले समेत जनता खुसी भएको मुख्यमन्त्री राईले दाबी गरे । पहाडी जिल्ला धनकुटा, भोजपुर, खोटाङको विकासे योजनाहरुको अनुगमनमा आएका राईले मध्यपहाडी लोकमार्ग अन्तरगतको चखेवा–दिक्तेल सडक, समगरमाथा लोकमार्ग अन्तरगत माहुरे–फोक्सिङटार सडक निर्माणमा ढिलासुस्ती भएकाले त्यसलाई तिब्रता दिन निर्देशन गर्ने बताए ।
बुइपाको एलम्बर पार्क, ट्याम्के भ्युटावर, मुन्धुम ट्रेलको काम धमाधम भइरहेकाले त्यसको विकासले पर्यटन प्रबद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गर्ने मुख्यमन्त्री राईले सुनाए । संसारको होचो स्थान झापादेखि संसारकै उच्च सगरमाथासम्म केबरकार योजना, सुनकोसी दूधकोसी दोलालघाट जेटबोट लगायतको योजना अघि बढाइएको मन्त्री राईले बताए ।
मुख्यमन्त्री राईले प्रदेशको नामाङ्कन पनि चा“डै नै गरिने बताए । कोभिडका कारणले विलम्ब भएको उल्लेख गर्दै प्रदेश नं १ लाई छिट्टै नाम दिने बताए । यद्यपि राजनीतिक खिचातानी भयो भने चाहि“ समस्या आउने राईको भनाई छ । ‘प्रदेशको नामाङ्कन कोभिडले गर्दा मात्र ढिलो भएको हो, अब छिट्टै नै टुङ्गिन्छ ।’ मुख्यमन्त्री राईले भने–‘तर राजनीतिक खिचातानी भयो भने समस्या हुन्छ ।’
राजनीतिक खिचातानीकै कारण विकासमा सरकारलाई असहज सिर्जना भएको राईले दाबी गरे । ‘केही नेताहरुले अस्थिरता निम्त्याउने खेल खेलेकाले विकासमा समस्या भयो ।’ मुख्यमन्त्री राईले भने–‘ठूला ठूला षड्यन्त्रले गर्दा मुलुकमा अस्थिरता सिर्जना भयो, त्यसले विकासमा पनि असर ग¥यो ।’
राईले खुवालुङ फुटाउनेबारे कुनै निर्णय नभएको बरु त्यसलाई संरक्षण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित