डढेलोबाट सल्किएको आगोले तीन घर जल्यो

  • प्रकाशित मितिः चैत ११, २०७७
  • 1514 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १२–डढेलोबाट सल्किएको आगोले चैत ११ गते तीन घर जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–१५ विजयखर्कको चुरेथुम्का सामुदायिक वनबाट फैलिएको आगोले स्थानीय हेमसागर ढकालको एउटा घर र मतान, खेमराज ढकालको एउटा घर र मतान तथा दुर्गा भुजेलको एउटा घर र बाख्रा फर्म जलेर नष्ट भएको हो ।
प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाका अनुसार चैत १० गते दिउसोदेखि सुरु भएको डढेलोले चुरेथुम्का पूर्वी मोहडा सामुदायिक वन, चुरेथुम्का पश्चिम मोहडा सामुदायिक वन, भान्टामा सामुदायिक वन, सा“गुरी सामुदायिक वन पूर्ण रुपमा नष्ट भएको छ । मङ्गलबार दिउसो घरमा आगो सल्किएपछि नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको डिएस्पी चिमरीयाले सुनाए । सामुदायिक वनमा भने आगो अझै नियन्त्रण आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित