झोला (कविता)

  • प्रकाशित मितिः चैत्र १, २०७७
  • 1752 पटक पढिएको
  • संवादताता

चित्रकुमार सुवेदी–
मेरो ठूलो झोला देखेर
हजुरमाले सोध्नु भयो
बाबु के छ हौ
त्यो झोलाभित्र
मैले हास्दै भने–
हजुरमा यो झोलामा
मेरो खुसी छ
माया“ छ,
विश्वास छ
सहयोग सद्भाव छ
सुख र मुस्कान छ
खुसीले हजुरमाले
सुम्सुम्याउनु भो मेरो गाला
हत्तार–हत्तार पसे“ कोठामा
हत्तार–हत्तार खोले झोला
झोलामा त
के को माया“ र विश्वास
रीस, इश्र्या
घमण्ड, डाहा
दुःख र दर्द
भन्दा केही पाइन
निकाले डायरी
प्रयत्न गरे“
खुसीको दैनिकी लेख्न
सकिन र चिम्लिए आ“खा
सम्झिए“ हजुरमालाई
मैले बोलेको झुट
आत्म ग्लानी भो
पोल्यो छाती
मैले हजुरमालाई ढाटेझै
दिनैपिच्छे देशलाई ढाटिरहेका
महाशयहरुको
पोल्छ कि पोल्दैन छाती
हुन्छ कि हुदैन आत्म ग्लानी
हेरिरहेको
खुसी हराएको झोला
रोइरहेको देश ।।
प्रकाशित मिति : २०७७ चैत १

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित