'संविधान संशोधनको पूर्व सर्तमा मात्र सरकारमा हाम्रो सहभागिता रहन्छ' : अशोककुमार राई

  • प्रकाशित मितिः फागुन २५, २०७७
  • 1490 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २५–जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले संविधान संशोधनको पूर्व सर्तमा मात्र सरकारमा जाने बताएका छन् । फागुन २५ गते दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा राईले त्यसो भनेका हुन् ।
पहिचान सहितको प्रदेश तथा स्थानीय तह, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको सबै अंगमा पूर्ण समानुपातिक समाबेसी, पूर्णअधिकार सहितको स्थानीय तह, धर्म निरपेक्षताको विषय स्पष्ट ब्याख्या, भाषा, संस्कृतिमा समानता लगायतका विषय समेटेर संविधान संशोधनको पूर्व सर्त नगरी सरकारमा नजाने बताएका हुन् ।
जनता समाजवादी पार्टी सरकारमा गए एमसीसीको पारितको पक्षमा कि विपक्षमा रहन्छ भन्ने प्रश्नमा आधिकारिक निर्णय नभइसकेको राईको भनाई थियो । जनता समाजवादी भित्रको विवादको बारेमा पत्रकारले सोधेको प्रश्नको जवाफमा विवादले पार्टीलाई जीवन्त राख्न मद्दत गरेको समेत राईले दाबी गरे । राई दुई सातादेखि गृह जिल्ला खोटाङमा पार्टी विस्तारमा छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित