नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २५–दिक्तेलको बेसक्याम्पमा स्थानीयले फेला पारेको बम नेपाली सेनाले डिस्पोज गरेको छ । स्थानीयले फेला पारेको सकेट बम फागुन २५ गते बिहान नेपाली सेनाले डिस्पोज गराएको हो ।
स्थानीयले सकेट बम फेला पारेपछि प्रहरीलाई जानकारी गराएको खोटाङका प्रहरी निरीक्षक गोविन्द साहले बताए । ‘हिजो बेलुकी बम फेला परेको सूचना आएपछि डिस्पोज गरिएको हो ।’ साहले भने–‘पुरानो सकेट बम रहेछ ।’
उक्त बम फेला गरेको स्थान सशस्त्र द्वन्द्वको बेला सशस्त्र बेसक्याम्प राखिएको थियो । बेसक्याम्प हटेपछि त्यहा“ बिच्छ्याइएका विस्फोटक राम्ररी नउठाइएकाले फेला परेको हुन सक्ने स्थानीयको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित