दुई हजार दुई सय ९४ जनाले स्वास्थ्य सेवा पाए

  • प्रकाशित मितिः फाल्गुन १८, २०७७
  • 603 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन १८–जिल्लाको विभिन्न चार पालिकामा पा“च स्थानमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार दुई सय ९४ सर्वसाधरणले सेवा पाएका छन् । ऐसेलखर्क गाउ“पालिका, केपिलासगढी गाउ“पालिका, रावावेसी गाउ“पालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पा“च स्थानमा गरिएको शिविरमा यत्तिकाले स्वास्थ्य सेवा पाएका हुन् ।
जनसेवा समाज नेपाल जालपा खोटाङ र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित कोरोना सहायता परियोजना र जनसेवा सामुदायिक अस्पतालको आयोजनामा विशेषज्ञ सहितको स्वास्थ्य सेवा सञ्चालन गरिएको थियो । गत फागुन–५ बाट ऐसेलुखर्क गाउ“पालिकाको ऐसेलखर्कबाट सुरु गरिएको स्वास्थ्य शिबिर फागुन १५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपलिका–१२ जालपामा पुगेर टुङ्गिएको हो । सबैभन्दा बढि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका बिरामी लाभान्वित भएका छन् ।
पाथेकामा आयेजना गरिएको शिबिरमा पा“च सय ८० जना, ऐसेलखर्कमा अयोजना गरिएको शिबिरमा चार सय ७७ जना केपिलासगढी गाउ“पालिकामा चार सय ४३ जना, जालपामा चार सय तीन जना र रावाबेसी गाउ“पालिकाको हरमटारमा तीन सय ८१ जनाले स्वास्थ्य सेवा पाएका छन् ।
शिविरमा चार सय १३ जना दा“तका विरामीमध्ये दुई सय ३७ जनाको दा“त उखेलिएको, एक सय ९७ जनाको सुगर तथा ८६ जनाको पिसाव परीक्षण गरिएको जालपा सामुदायिक अस्पतालका इन्चार्ज डा. नेहा बजिमयले बताइन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित