फुटबलको उपाधि दुर्छिमलाई

  • प्रकाशित मितिः फाल्गुन १७, २०७७
  • 836 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन १७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक–५ लफ्याङमा सम्पन्न फुटबलको उपाधि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमले चुमेको छ । रञ्जितमान राई खेल मैदानमा फागुन १६ गते सम्पन्न खेलमा दुर्छिमले प्रथम उपाधि चुमेको हो । बिजेता टिमले नगद एक लाख ५५ हजार हात पारेको छ ।
फागुन १६ गते सम्पन्न फाइनल खेलमा प्रतिष्पर्धी टिम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडा“ ‘डिस्क्वालीफाइड’ भएपछि उपाधि दुर्छिमको हातमा पुगेको हो । निर्धारित समय गोल रहित सकिएपछि पेनाल्टी सुटआउटको चरणमा रेफ्रिमाथि हातपात भएपछि आयोजकले दोर्पाचिउरीडाडा“लाई ‘डिस्क्वालीफाइड’ घोषणा गर्दै दुर्छिमलाई बिजेता घोषणा गरेको हो ।
रेफ्रिमाथि हातपात भएपछि आयोजक, जिल्ला फुटबल संघ, म्याच कमिसन र निर्णायकको बैठकले दोर्पाचिउरीडाडा“लाई ‘डिस्क्वालीफाइड’ घोषणा गरेको वडाध्यक्ष निर्मल राईले बताए । पेनाल्टी सुटआउटको तयारीका क्रममा दोर्पाचिउरीडाडा“का जोशीचन्द्र राईले रेफ्रिमाथि हात हालेपछि खेल अघि बड्न नसकेको प्रतियोगिताका आयोजक नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले बताए ।
सेमीफाइनलिष्ट खोटेहाङ गाउ“पालिका–७ खोटाङबजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलले ३१÷३१ हजार नगद पुरस्कार पाएका छन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडिलाई पा“च हजार पा“च सय उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५÷५ हजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको अवसरमा पत्रकार चिसाङ सेर्पा पुरस्कृत भएका छन् । पा“च हजार पा“च सय ५५ रुपैंया“ राशीको खेलकुद पत्रकारिता पुरस्कारले सेर्पा सम्मानित भएका हुन् ।
वडा कार्यालय र नमुना स्पोर्टस क्लवले शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै सर्वाधिक राशीको फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित