फोक्सिङटार पुल निर्माणमा ढिलासुस्ती

  • प्रकाशित मितिः फाल्गुन १६, २०७७
  • 784 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन १६–खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारको सुनकोसीस्थित ‘आर्क’ ब्रिज निर्माणमा ढिला सुस्ती भएको छ । निर्माण कम्पनीले प्रतिबद्धता गरे अनुसार प्रगति नहुदा निरासा बढेको छ ।
खोटाङको खोटेहाङ गाउ“पालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउ“पालिका–५ आ“पटार जोड्ने सुनकोसी पुल निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी आफैले गरेको प्रतिवद्घता अनुसारको कामको प्रगति देखाउ“न नसकेपछि निरासा बढेको हो ।
गत माघ २६ गते काठमाडौंमा भएको छलफलमा दिप्रुङ चुइचुम्मा गाउ“पालिकाका अध्यक्ष भूपेन्द्र राई सहित सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का डिइ कैलाश शाह समक्ष निर्माणमा संलग्न गौरी पार्वती वाईपी जेभी कम्पनी सम्बद्ध रामकुमार थापाले गत फागुन १० गतेभित्र खोटाङतर्फको पिलर बीम र त्यसमाथि स्ल्याव ढलान गर्ने प्रतिवद्घता जनाए पनि त्यस अनुसारको काम नभएको हो । यद्यपि निर्माण व्यवसायी थापाले त्यत्ति खेरको प्रतिवद्घता अनुसार पुलको काम गर्न नसकेको दिप्रुङ चुइचुम्मा गाउ“पालिकाका अध्यक्ष राईले बताए । उदयपुरतर्फको बीम र त्यसमाथि स्ल्याव ढलान भने भइसकेको छ । खोटाङतर्फ भने आर्क राख्ने रडको प्वाल ड्रिल लगाएर छेडिएको छ । उक्त बीममाथि स्ल्याव ढलान गर्न अझै हप्ता÷दश दिन लाग्ने देखिन्छ ।
बीमको फेदमा गरिएको ढलानमा रहेको आर्क राख्ने रड वर्षाको बाढीले बगाएको थियो । खोटाङलाई पूर्वी शहरसंग जोड्ने ‘आर्क–ब्रिज’ निर्माणको काममा चरम ढिलासुस्ती भएको व्यापक जनगुनासो आएपछि गाउ“पालिका अध्यक्ष राईले पुलस“ग सम्वन्धित डिइ शाह र निर्माण व्यवसायी थापालाई काठमाडौंमा एक ठाउ“मा भेला गरेका थिए । उक्त छलफलमा निर्माण व्यवसायी थापाले फागुन १० गतेभित्र खोटाङतर्फको बिम र स्ल्याव ढलान गर्ने, वर्षा याम सुरु भएपछि बेलिब्रिज हटाइए पनि तुईन लगाएर पुल निर्माणको कामलाई निरन्तरता दिने प्रतिवद्घता जनाएका थिए ।
पुल निर्माणको कामलाई द्रुत गतिम अघि बढाउ“ने वातावरण बनाउ“न दवाव सिर्जना गर्ने प्रयास स्वरुप गत माघ २४ गते स्थलगत निरीक्षण गरेको गाउ“पालिका अध्यक्ष राई ठेकेदार खोज्दै काठमाडौं पुगेका थिए । दिक्तेलबाट दिप्रुङ चुइचुम्मा गाउ“पालिका हु“दै उदयपुर पुग्ने गाइघाट दिक्तेल सडक खण्डमा पर्ने तथा खोटाङलाई पूर्वी शहरस“ग जोड्ने पुल निर्माणमा ढिलासुस्ती भएकाले चासो देखाउ“नु परेको गाउ“पालिका अध्यक्ष राईले बताए । पुल निर्माणमा ढिलासुस्ती विषयमा स्थानीय सरकार प्रमुखले चासो देखाएपछि माघ २७ गते सडक विभागमा समेत छलफल भएको भोलिपल्टै निर्माण व्यवसायी थापा फोक्सिङटार पुगेका थिए ।
तस्बिर सौजन्य : दिप्रुङ चुइचुम्मा गाउ“पालिका

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित