बराहापोखरीमा थन्कियो डु¨ा

  • प्रकाशित मितिः फाल्गुन 12, 2077
  • 94 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन १२–जिल्लाको दक्षिणी क्षेत्र बराहपोखरी गाउ“पालिकाको पर्यटकीय क्षेत्र बराहतालका लागि ल्याइएको ढु¨ा थन्किएको छ । नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको बराहपोखरीमा तीन वर्षअघि ल्याइएको डु¨ा थन्किएको हो ।
करिब तीन सय ३० मिटर लम्बाई र दुई सय १० मिटर चौडाई भएको बराहपोखरीमा जलयात्रा गर्दै पर्यटक आकर्षित गर्नका लागि २०७४ साल चैत १० गतेदेखि डु¨ा सञ्चालनमा ल्याइएको थियो । तर उक्त डु¨ा सञ्चालन नहुदा थन्किएको स्थानीयको भनाई छ । पोखरीमा शयर गर्न प्रयोग भइरहेको हुनुपर्ने डु¨ा हाल अलपत्र अवस्थामा थन्किएको छ ।
बराहपोखरीका वडाध्यक्ष टंक मगरले डु¨ा सञ्चालन कार्यविध, नियम र समिति बनाएर ठेक्कामा दिने तयारी भइरहेको बताएका थिए । उचित संरक्षण र संबद्र्घनको अभावमा यो ताल ओझेलमा परेको छ । पर्यटन प्रबद्र्घनकालागि आर्थिक वर्ष २०७३÷०७४ मा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको निर्वाचित क्षेत्र विकास कोषबाट बिनियोजन गरिएको बजेटमध्ये ६ लाख ५० हजार भारतबाट एक पटकमा चार जना अट्ने तीन वटा डु¨ा ल्याएर जलयात्राको व्यवस्था मिलाइएको थियो । दुई वटा डु¨ा बराहपोखरीमा ल्याउनेक्रममा बाटैमा बिग्रिएर मर्मत गरिएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2021 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित