संसद पुनस्थापनाको खुसियालीमा दीपावली

  • प्रकाशित मितिः फागुन १२, २०७७
  • 1309 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन १२– संसद पुनस्थापनाको स्वागतमा खुसीयाली मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कांगे्रस लगायतका नेता, कार्यकर्ताहरुले खुसीयाली मनाएका हुन् ।
सर्वोच्च अदालतले फगुन ११ गते संसद विघटनको विरुद्घमा फैसला गर्न साथ दीपावली गरेर खुसीयाली मनाएका हुन् । दिक्तेलको त्रिवेणी चौक लगायतका विभिन्न ठाउ“हरुमा दीपावली गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरबाट गरेको प्रतिनिधिसभा ब्यु“तिने साथ चौतर्फी खुसीयाली मनाइएको सहभागीहरुले बताएका छन् । विभिन्न ठाउ“मा गरिएको कार्यक्रममा नेकपाकी केन्द्रिय सदस्य तथा पुर्व सभासद दुर्गाजयन्ती राई पुर्व प्रतिनिधसभा सदस्य तथा काङ्गे्रसकी नेतृ हिरा गुरुङ लगायतले प्रधानमन्त्री ओलीको कदमप्रति कडा आलोचना तथा संसद पुनस्थापनाको स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित