रणजितमान राई प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगितामा रतन्छाले बिजयी खाता खोल्यो

  • प्रकाशित मितिः फाल्गुन ११, २०७७
  • 898 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन ११– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा फागुन १० गते सुरु भएको फुटवल प्रतियोगितामा साकेला गाउ“पालिका–२ रतन्छाले विजय सुरुवात गरेको छ । ‘जित्नलाई हैन सिक्नलाई खेल्कुद’ भन्ने नारा सहित लफ्याङ वडा कार्यालय र स्थानीय नमूना स्पोर्टस क्लवको आयोजना सुरु मझुवागडी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेन्ज कप फुटवल प्रतियोगिताको उद्घघाटन खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा ‘ए’ लाई शुन्यको विरुद्घ १ गोल गर्दै रतन्छाले विजयी सुरुवात गरेको हो ।
पहिलो हाफ ११ मिनेटमा जर्सी नम्बर ७ का खेलडी बिनोद राईले गरेको १ गोलले नै रतन्छालाई विजयी गराएको हो । उक्त खेलमा रतन्छाका विक्रम लिम्बु मेन अफ दि म्याच घोषित भएका छन् । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने फुटवल प्रतियोगिता प्रदेशसभा सांसद रामकुमार राई पासङले उद्घ्घाटन गरेका हुन् । आज दिउ“सो १२ बजेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला बीचमा पहिलो खेल हुने आयोजकले जनाएको छ । यद्यपि यो समाचार तयार पार्दासम्म खेल सुरु हुन सकेको छैन । प्रतियोगितामा २१ टिमले प्रतिष्पर्धा गर्ने आयोजक नमुना स्र्पोर्टस क्लबले शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै सर्वाधिक राशीको फुटवल प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५५ हजार, दोश्रो स्थान प्राप्त गर्ने टिमले नगद रु १ लाख १ हजार र सेमिफाइनलिस्ट दुईवटा टिमले ३१÷३१ हजार नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडिलाई ५ हजार ५ सय, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड– फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद रु ५÷५ हजार पुरस्कार प्रदान गरिने छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित