बाक्सिलामा भएको निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५० जना भन्दा बढीले उपचार पाए

  • प्रकाशित मितिः फाल्गुन १०, २०७७
  • 690 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन १०– केपिलासगढी गाउ“पालिकाको बाक्सिलामा दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५३ जनाले स्वास्थ्य सेवा पाएका छन् । जनसेवा समाज नेपाल जालपा र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित स्वास्थ्य शिविरमा यत्तिकाले स्वास्थ्य सेवा पाएका हुन् ।
गत फागुन ८ गते पहिलो दिन एक सय ४४ जना र दोस्रो दिन तीन सय नौ जनाले स्वास्थ्य जा“च गराएका हुन् । स्वास्थ्य उपचारको पह“ुचभन्दा बाहिर रहेकाहरुलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको हो । उक्त शिविरमा पाठेघरको क्यान्सरको अवस्थाको बारेमा थाहा पाउन २५ जनाको सर्भाइकल टेष्ट, ५३ जनाको भिडियो एक्स–रे, ६२ जनाको १९ वटा दा“त फुकालिएको, ७५ जनालाई निःशुल्क चश्मा वितरण गरिएको, विभिन्न रोगका ५२ विरामी बालबालिकाको चेकजा“च गरिएको छ । कोरोना सहायता परियोजनाले जनसेवा सामुदायिक अस्पताल जालपास“गको सह–आयोजनामा आयोजना गरेको विशेषज्ञ सहितको शिविरमा आ“खाको शल्यक्रीया गनुपर्ने १५ जना बिरामीको पहिचान गरिएको कोरोना सहायता परियोजनाका कार्यक्रम संयोजक उमेत राईले बताए ।
शिविरमा २५ जना डायबिटिज र ६ जनाको पिसाब परीक्षण गरिएको छ । शिविरमा सहभागी ६० वर्ष भन्दा माथिका आ“खाका बिरामीलाई गाउ“पालिकाले निःशुल्क चश्मा वितरण गरिएको छ । स्वास्थ्य शिविर गाउ“पालिका अध्यक्ष कृष्णकुमार राईले उद्घाटन गरेका थिए । शिविरमा एक जना एमडिजिपी, दुई जना मेडिकल अफिसर, एक जना बालरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मी टोलिले उपचार सेवा दिइरहेका छन् ।
स्वास्थ्य शिविरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यानसरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दा“त, आ“खा, भिडियो एक्स—रे, सामान्य चेकजा“च ज्येष्ठ नागरिक, अपा¨, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको थियो । पा“च स्थानीय तहमा संचालन गर्नेगरी सुरु गरिएको शिविर क्रमशः फागुन ११ र १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, फागुन १४ र १५ गते रावाबेसी गाउ“पालिकाको हरमटारमा र फागुन १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपामा संचालन हुनेछ । जनसेवा समाज नेपालको आयोजनामा स्थानीय बासिन्दाको गाउ“मै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि सेवग्राही समेत खुसी छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित