दिक्तेलमा अनेमसंघको विरोध प्रदर्शन, तीन महिला हत्याको दोषी पत्ता लगाउन माग

  • प्रकाशित मितिः फाल्गुन ९, २०७७
  • 1041 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन ९–अखिल नेपाल महिला संघ खोटाङले प्रधानमन्त्रीको कदम विरुद्घ दिक्तेलमा फागुन ९ गते विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा चालेको कदमले मुलुक संकट परेको भन्दै विरोध प्रदर्शन गरेको हो ।
भवन गैराबाट सुरु गरेको जुलुस त्रिवेणीचौक कोणसभामा परिणत भएको कोणसभामा बोल्दै कम्युष्टि पार्टी (नेकपा) दाहाल– नेपाल समूहकी केन्द्रीय सदस्य संविधानसभा सदस्य दुर्गाजयन्ती राई, नेतृ निसाना राई, संगिता राई, विशन राई लगायतले प्रतिगमनको विरुद्घ डटेर परास्त गर्नु पर्ने धाराणा राखेका छन् । मुलुकभर महिला हिंसा, बलात्कार जस्ता जघन्य अपराध भइरहेको र यसको अन्त्य हुनुपर्ने बताएका छन् । खोटाङकी रीता तामाङ लगायतका तीन महिला हत्यामा संलग्नको दोषी पत्ता लगाउ“न नसकेको भन्दै सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराएका छन् । तीन वर्ष बितिसक्दा पनि तीन महिला हत्याको दोषी पत्ता नलाग्नु सरकारको उदासीनपना भएको बताएका छन् । तीन वर्षअघि खोटाङकी रीता तामाङ, देवि विश्वकर्मा, ज्ञानीमाया विश्वकर्माको हत्या भएको थियो । कार्यक्रम अनेम संघ खोटाङका जिल्ला संयोजक धुव्रा राईको संयोजनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित