युवा संघ खोटाङको संयोजकमा पवन श्रेष्ठ

  • प्रकाशित मितिः फाल्गुन ७, २०७७
  • 1021 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ७–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधरको राष्ट्रिय युवासंघ खोटाङको संयोजकमा पवन श्रेष्ठ निर्विरोध चयन भएका छन् । फागुन ७ गते दिक्तेलमा भएको बृहत भेलाले श्रेष्ठको संयोजकत्वमा जिल्ला कमिटी पुनर्गठन भएको हो ।
सहसंयोजकमा शरद राईलाई चयन भएका छन् । भेलाले एकसय ११ जनाको जिल्ला कमिटीको घोषणा गरेको छ । यसअघिका जिल्ला संयोजक रसकुमार राई ओली समूहमा गएपछि पद रिक्त भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति समन्वय समितिका अध्यक्ष बबि चाम्लिङले वर्तमान प्रतिगमनको विरुद्ध डटेर आन्दोलन गर्न युवाहरुलाई आग्रह गरेका छन् । यस्तै विशेष अथिति नेकपा जिल्ला अध्यक्ष देवान किराती पृथ्वीले माओको ‘देश तिम्रो हो, हाम्रो नि हो, अन्तत तिमी युवाहरुको हो’ भन्दै युवाहरुको का“धमा देश बदल्ने जिम्मेवारी आएको बताए ।
राष्ट्रिय युवासंघ नेपाल केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज राजुविक्रम राईले प्रधानमन्त्री केपी ओलीले सनकको भरमा संसद विघटन गरेर मुलुकमा संकट पैदा गरेको बताए । नेकपा प्रदेश समन्वय कमिटीका नेता विरवल राई, तारानाथ दाहाल, खोटाङ काठमाडौं सम्पर्क मञ्चका पुर्व अध्यक्ष बम खत्री, खोटाङ काठमाडौं सम्पर्क मञ्चका नेता तथा जिल्ला पार्टीका नेताहरुले संवोधन गरेको थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित