क्यान अध्यक्षमा बजिमय

  • प्रकाशित मितिः फाल्गुन ७, २०७७
  • 734 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ फागुन ७–कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा खोटाङको अध्यक्षमा मनोजकुमार बजिमय चयन भएका छन् । फागुन ६ गते दिक्तेलस्थित श्रेष्ठ होटलमा भएको प्रथम साधरणसभा तथा जिल्ला अधिवेशनबाट बजिमय सर्वसहमत अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले बजिमयको अध्यक्षतामा सात सदस्यीय समिति निर्माण भएको छ । उपाध्यक्षमा कुुमार बजिमय, सचिवमा अजय बस्नेत, सह–सचिवमा गोपाल आचार्य र कोषाध्यक्षमा बिमला राई छन् । यसैगरी सदस्यहरुमा उषा बस्नेत, विनोद बस्नेत चयन भएका हुन् ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) प्रदेश नं. १ का अध्यक्ष भवकृष्ण तिमिल्सेना र क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठको उपस्थितिमा भएका साधरणसभा तथा अधिवेशन सम्पन्न भएको हो । केही समयअघि बजिमयको संयोजकत्वमा बनेको ५ सदस्यीय तदर्थ समिति निर्माण भएको थियो ।
प्रविधि शिक्षालाई जिल्लामा विस्तृत बनाउन नया“ समितिले दुई वर्ष कार्यकाल पाएको हो । क्यानको सातै प्रदेशमा शाखा तथा ५८ जिल्लामा जिल्ला शाखा विस्तार भइसकेको छ । क्यानको प्रथम साधरणसभा तथा जिल्ला अधिवेशन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित