कदुवामा दूधकासीको पानी

  • प्रकाशित मितिः फाल्गुन ७, २०७७
  • 951 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ ७–हलेसी तुवाचुङ नगरपालिका– १ बाहुनीडाडा“ कदुवाका स्थानीयले दूधकोसीको पानी लिफ्टिङ गरेर गाउ“मा निकालेका छन् । यहा“का स्थानीयले दूधकोसी नदीबाट करिब एक हजार सात सय ९० मिटरमाथि पानी निकालेका हुन् ।
घरयासीदेखि कृषि प्रयोजनका लागि उपयोग गरिएको छ । कृषि अन्तरगत कागती खेती, बाख्रा तथा कुखुरा पालनका लागि खानेपानी उपयोग गरिएको छ । दूधकोसीको सान्ने दोभानबाट २० किलोवाट क्षमताको सोलार प्रयोग गरेर गाउ“मा पानी निकालिएको उपभोक्ता समितिका कोषाध्यक्ष चन्द्रबहादुर कार्कीले बताए ।
नदिको पानी छ सय २५ मिटरमाथि निर्माण गरिएको पहिलो पोखरीमा जम्मा गरेर फेरि त्यहा“बाट तानेर थामडा“डाको दोश्रो पोखरीमा निकालिएको छ । सुक्खा क्षेत्रमा पर्ने कदुवामा पानीको कुनै श्रोत नभएपछि नदीको पानी निकालिएको स्थानीय फौदसिं कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित