ऐसेलुखर्कमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविर सकियो, चार सय ७७ जनाले स्वास्थ्य परीक्षण गराए

  • प्रकाशित मितिः फाल्गुन ६, २०७७
  • 785 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ६–ऐसेलुखर्कमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविर सकिएको छ । फागुन ५ र ६ गते भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा चार सय ७७ जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ ।
जनसेवा समाज नेपाल र डिटुएन फाउण्डेशन अमेरिकाको साझेदारीमा कोरोना सहायता परियोजनाले आयोजनामा गरेको शिविरको दोश्रो दिन फागुन ६ गते दुई सय ५४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । एघार जनाले सर्भाइभ टेष्ट, ४० जनालाई चस्मा वितरण, दुई सय जनाको आ“खा जा“च, ३५ जनाको भिडियो एक्स–रे, ३२ जनाको दा“त उखेलिएको छ । पहिलो दिन दुई सय २३ जनाले उपचार पाएका थिए । ३० जनाको भिडियो एक्सरे, १० जना आ“खा विरामीलाई चस्मा वितरण, सात जनाको आ“खा शल्यक्रिया गर्नु पर्ने पहिचान, एक सय जना भन्दा बढीको आ“खा जा“च गरिएको थियो । त्यस्तै १६ जनाको दा“त निकालिएको थियो । शिविरमा विभिन्न रोगका विरामी बालबालिकाको समेत चेकजा“च गरिएको छ । स्वास्थ्य शिविरमा आङ खस्ने रोगबाट पीडित एक जना महिलाको रिङ प्रेसरी राखिएको कोरोना सहायता परियोजनाका कार्यक्रम संयोजक उमेत राईले बताए ।
उक्त शिविरमा जनसेवा सामुदायिक अस्पतालका एक जना एमडिजिपी, दुई जना मेडिकल अफिसर, एक जना बालरोग विशेषज्ञ र एक जना दन्तरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मीको टोली खटिएका छन् । ज्येष्ठ नागरिक, महिला, बालबालिका, शारिरीक अपाङ्गता भएकाहरुका लागि शिविर आयोजना गरिएको हो । ऐसेलुखर्क गाउ“पालिका अध्यक्ष विश्व निरौलाले शिविर उद्घाटन गरेका हुनु । केपिलासगढी गाउ“पालिकामा फागुन ८ र ९ गते शिविर संचालन हुने आयोजकले जनाएको छ । त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं १० पाथेका र वडा नं १२ जालपा तथा रावाबेसी गाउ“पालिकाको हरमटारमा पनि शिविर सञ्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित