सवारी दुर्घटना बढेको बढ्यै, ट्याक्टर दर्घटनामा मात्रै छ जनाले ज्यान गुमाए

  • प्रकाशित मितिः फाल्गुन ६, २०७७
  • 775 पटक पढिएको
  • संवादताता

दिक्तेलको हाटडाडामा सवारी दुर्घटना लगायत अन्य जनचेतना मुलक गीत गाउदै बिराज गन्दर्भ र हेमराज गन्दर्भ । तस्बिर : नमस्ते खोटाङ 

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ६–जिल्लामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ह्वात्तै बडेको छ । फागुन ४ गते सहित यो आर्थिक वर्ष मात्र सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० जना पुगेको छ ।
सबै भन्दा बढी ट्याक्टर दुर्घटनामा ज्यान गएको छ । यो आर्थिक वर्ष छ जनाले ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका हुन् । मङ्गलबार विहान पौने एघार बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माबाट अल्छेढुङ्गा आउदै गरेको को २ त ८५७९ नम्बरको ट्याक्टर छाकालुङ खोलामा दुर्घटना हुदा खोटेहाङ गाउ“पालिका–१ लिकुवापोखरीका १९ वर्षीय संजीव खड्काको ज्यान गएको हो ।
उक्त दुर्घटनामा साकेला गाउ“पालिका–४ मात्तिम घर भएका सहचालक १८ वर्षीय रुपेश राई घाइते छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्ष्ँक नारायणप्रसाद चिमरीयाले बताए । चालक खोटेहाङ गाउ“पालिका–१ लिकुवापोखरीकै भविन बस्नेत फरार छन् । उनको खोजी भइरहेको डिएस्पी चिमरीयाले बताए ।
फागुन १ गते दिक्तेल बजारमा ट्याक्टरले किचेरै एक जनाको ज्यान गएको छ । दिक्तेलको हाटडाडा“बाट रत्नपार्क जादै गरेको ना ५ त ६६९१ नम्बरको ट्याक्टरले किचेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय गोरखनाथ गेलालको ज्यान गएको हो । दिक्तेलस्थित जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय वाणिज्य बैंकको बीच सडकमा ट्याक्टरले किचेको थियो । गेलाल भान्जा भनेर चिनिने गोरखनाथ गेलाल दिक्तेल बजारमा मागेर गुजारा चलाउथे । साकेला गाउ“पालिका–४ मात्तिम घर भएका चालक ३२ वर्षीय योगेन्द्र कटवाल पक्राउ परेका छन् ।
त्यसैगरी पुस १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्माको बीचमा पर्ने साप्सु खोलामा ज ७ त २२६६ नम्बरको ट्याक्टर दुर्घटना हुदा बागमती नगरपालिका–१ सर्लाही घर भएका चालक कैलाश भुजेलको मृत्यु भएको थियो । उनी साप्सु खोलामा निर्माणाधीन पक्की पुल निर्माणमा काम गरिरहेको सूर्य सन्स् प्रालिको ट्याक्टरका चालक थिए ।
पुस १५ गते रावाबेसी गाउ“पालिका वडा नम्बर–१ कुभिण्डेको डुम्रेपानीमा ना ७ त ४७२७ नम्बरको ट्याक्टर दुर्घटना हु“दा स्थानीय २६ वर्षीय राजन सार्कीको ज्यान गएको छ । पुस १ गते खोटेहाङ गाउ“पालिका– ६ इन्दे्रणीपोखरीको रोक्सिङभञ्ज्याङ तर्फ जा“दै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको टयाक्टर उदयपुरको लिम्चुङबुङ गाउ“पालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घट्नास्थलमै ज्यान गएको छ । दुर्घटनामा टयाक्टर चालक उदयपुरको लिम्चुङबुङ गाउ“पालिका–४ कै १९ वर्षीय तुजन राई गम्भीर घाईते भएका छन् । सिमपानी–रोक्सिङ भञ्ज्याङ सडक खण्डमा पर्ने इन्द्रेणीपोखरीको मेर्लामा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए ।
असोज १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा स १ त ६६८० नम्बरको ट्याक्टर दुर्घटना हुदा दिप्रुङ चुइचुम्मा गाउ“पालिका–७ टेम्माका २६ वर्षीय प्रकाश राईको मृत्यु भएको छ । दिक्तेलबाट जस्तापाता बोकेर टेम्मा जादै गरेको ट्याक्टर लफ्याङस्थित साप्सु कालिका हाइड्रोपावर नजिकै घुम्तीमा पल्टिए दुर्घटना भएको थियो । उक्त ट्याक्टरमा छ जना सवार थिए । ट्याक्टरको ट्रलीले किचेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए ।
जीप दुर्घटनामा कात्तिक १० गते तीन जनाको ज्यान गएको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुदा बराहापोखरी गाउ“पालिका–६ का ४५ वर्षीय दक्षुमान राई, बराहापोखरी–६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त दुर्घटनामा बृहस्पतिका ९ महिने बच्चा दिप्सन राई, बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उक्त नगरपालिका–८ कै ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीय नविना राई घाइते भएका हुन् ।
माघ १९ गते बसले किचेर दिप्रुङ चुइचुम्मा गाउ“पालिका–३ छोरम्बुकी ७२ वर्षीया चन्द्रकुमारी मगरको ज्यान गएको छ । उक्त पालिकाको पञ्चमी बजारबाट गाइघाट जाने बसले किचेर बृद्धाको ज्यान गएको हो । ना ५ ख ९०२२ नम्बरको बसले स्थानीय रोबलुङ भन्ने ठाउ“मा किचेर ज्यान गएको प्रहरी नायव उपरीक्ष्ँक नारायणप्रसाद चिमरीयाले बताए । दिप्रुङ चुइचुम्मा गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार नाति–नातिनीलाई बसमा चढाउ“ने क्रममा बसले किचेको हो ।
सवारी दुर्घटनामा यत्तिकाको ज्यान जादा समेत सम्वन्धित निकायको ध्यान नगएको स्थानीयको गुनासो छ । विभिन्न समयमा ट्याक्टरमा मात्र सात जनाको ज्यान जानुले लापरबाही वा अन्य कुनै किसिमले भएको हो भन्ने बारे ध्यान नदिइएको स्थानीयले गुनासो गरेका हुन् । अप्ठेरो सडक र चालकको लापरबाहीका कारण दुर्घटनाको संख्या बढेको डिएस्पी चिमरीयाको भनाई छ । सवारी दुर्घटना बढ्दै गएपछि खोटाङ प्रहरीले बुधबार गाइने मार्फत जनचेतना मुलक कार्यक्रम सुरु गरेको छ । ‘सवारी दुर्घटना, बलात्कार, हिंसा लगायतको घटना न्युनीकरण गर्न गीत मार्फत जनचेतना मुलक अभियान सुरु गरेका छौं ।’ डिएस्पी चिमरीयाले भने–‘यो अभियान जिल्लाका दशै वटा पालिकामा सञ्चालन गरिने छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित