ऐसेलुखर्कमा सुरु स्वास्थ्य शिविरको पहिलो दिन तीन सय बढी विरामीले सेवा पाए

  • प्रकाशित मितिः फाल्गुन ५, २०७७
  • 819 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ५–ऐसेलुखर्कमा फागुन ५ गते सुरु निशुल्क स्वास्थ्य शिविरको पहिलो दिन दुई सय २३ जनाले उपचार पाएका छन् । जनसेवा समाज नेपाल र D2N फाउण्डेशन अमेरिकाको साझेदारीमा कोरोना सहायता परियोजनाले ऐसेलुखर्कमा आयोजना गरेको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा यत्तिकाले स्वास्थ्य सेवा पाएका हुन् ।

2 3
उक्त शिविरमा ३० जनाको भिडियो एक्सरे, १० जना आ“खा विरामीलाई चस्मा वितरण गरिएको छ । सात जनाको आ“खा शल्यक्रिया गर्नु पर्ने पहिचान भएको छ । एक सय जना भन्दा बढीको आ“खा जा“च गरिएको छ । यस्तै १६ जनाको दा“त निकालिएको छ । शिविरमा विभिन्न रोगका विरामी बालबालिकाको समेत चेकजा“च गरिएको छ । स्वास्थ्य शिविरमा आङ खस्ने रोगबाट पीडित एक जना महिलाको रिङ प्रेसरी राखिएको छ । त्यसै गरी सभाइकल टेस्ट आठ जनाको गरिएको कोरोना सहायता परियोजनाका कार्यक्रम संयोजक उमेत राईले बताए ।

3 3
उक्त शिविरमा जनसेवा सामुदायिक अस्पतालका एक जना एमडिजिपी, दुई जना मेडिकल अफिसर, एक जना बालरोग विशेषज्ञ र एक जना दन्तरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मीको टोली खटिएका छन् । ज्येष्ठ नागरिक, महिला, बालबालिका, शारिरीक अपाङ्गता भएकाहरुका लागि शिविर आयोजना गरिएको हो । ऐसेलुखर्क गाउ“पालिका अध्यक्ष विश्व निरौलाले शिविर उद्घाटन गरेका हुनु । केपिलासगढी गाउ“पालिकामा फागुन ८ र ९ गते शिविर संचालन हुने आयोजकले जनाएको छ । त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं १० पाथेका र वडा नं १२ जालपा तथा रावाबेसी गाउ“पालिकाको हरमटारमा पनि शिविर सञ्चालन गरिने छ ।

5 5

तस्बिर सौजन्य : ध्रुव श्रेष्ठ

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित