हलेसी तुवाचुङ नगरपालिकाको धितुङ उज्यालो वडा घोषणा

  • प्रकाशित मितिः फाल्गुन ५, २०७७
  • 688 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन ५– हलेसी तुवाचुङ नगरपालिका वडा नं– ८ धितुङलाई उज्यालो वडा घोषण गरिएको छ । नगरपालिकाको उज्यालो घोषणा कार्यक्रम अन्तरगत नगरको वडा नं ८ धितुङका ६ सय घर धुरीमा विद्युत विस्तार गरी फागुन ४ गते उज्यालो वडा घोषणा गरिएको हो ।
आर्थिक वर्ष २०७६/२०७७ बाट विनिोजित गरिएको वडा कार्यालयको सात लाख नगरपालिकाले ४० लाख बढिको विद्युतीय सामाग्री र नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा विद्युत विस्तार कार्यक्रम सम्पन्न गरिएको वडा अध्यक्ष पृथ्वीराज राईले बताए ।
हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई र उपप्रमुख बिमला राईले संयुक्त रुपमा बखवा भञ्ज्याङ धितुङमा रहेको ट्रान्सफर्मरको एमसीबी अन गरेर उज्यालो वडा घोषणा गरेका हुन् ।
वर्षौ देखि विजुली बाल्ने धितुङबासीहरुको सपना साकार भएपछि विद्युतको माध्यमबाट घरायसी कामकाज, विद्यार्थीलाई पठन–पाठन लगायतमा सहज भएको उपप्रमुख बिमला राईले बताइन् । सोलार बत्ती र टुकीको भरमा रहेको वडावासी विद्युत विस्तार हु“दा हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित