कांग्रेसले खोटाङमा तेश्रो चरणको आन्दोलन सुरु ग¥यो

  • प्रकाशित मितिः फाल्गुन ४, २०७७
  • 878 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन ४–खोटाङ कांगे्रसले संसद विघटन विरुद्घ तेश्रो चरणको विरोध प्रदर्शन सुरु गरेको छ । पुस–५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा कांग्रेसले फागुन ३ गते तेस्रो चरणको विरोध प्रदर्शन गरेको हो ।
बीपी स्मृति भवनबाट सुरु विरोध प्रदर्शन दिक्तेल बजारस्थित त्रिवेणी चौकमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा प्रधानमन्त्री ओलीले तानशाही प्रवृत्ति देखाएकाले सडकमा उत्रनु परेको बताएका छन् । घर–घरमा ग्यास, पानी जहाज लगायतका महत्वकांक्षी सपना बा“डेर केपी ओलीले जनतालाई धोका दिएको बताएका छन् । उनीहरुले संविधान र गणतान्त्रिक लोकतन्त्रको रक्षा कम्युनिष्टबाट हुन नसक्ने बताएका थिए ।
कांगे्रस खोटाङका सभापति नरेशकुमार श्रेष्ठ, पूर्व सभापति एबम् महसमिति सदस्य विष्णुकुमार राई, महासमिति सदस्य सुवाशकुमार पोखरेल, पूर्वमन्त्री तथा महासमिति सदस्य सर्वधन राई, सभाषद सरस्वती बजिमय, निवर्तमान प्रतिनिधि सभा सदस्य हिरा गुरुङ, महासमिति सदस्य दिनेश राई लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित