खोटाङमा ट्याक्टर दुर्घटना हुदा युवकको मृत्यु

  • प्रकाशित मितिः फाल्गुन ४, २०७७
  • 994 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ४–ट्याक्टर दुर्घटनामा फागुन ४ गते युवकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माबाट अल्छेढुङ्गा आउदै गरेको को २ त ८५७९ नम्बरको ट्याक्टर छाकालुङ खोलामा दुर्घटना हुदा खोटेहाङ गाउ“पालिका–१ का १९ वर्षीय संजीव खड्काको ज्यान गएको हो ।
बिहान करिब पौने एघार बजेतिर भएको दुर्घटनामा साकेला गाउ“पालिका–४ मात्तिम घर भएका सहचालक १८ वर्षीय रुपेश राई घाइते छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्ष्ँक नारायणप्रसाद चिमरीयाले बताए । चालक भने फरार छन् । उनको खोजी भइरहेको खोटाङ प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए । तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । ट्याक्टर सडकमै पल्टिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित