सविना अछामे–
खोटाङ, फागुन ३–जिल्लामा कोभिड–१९ विरुद्घको दोश्रो चरणको खोप सुरु गरेको हो । पहिलो चरणमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका क्रममा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई खोप लगाइएकामा दोश्रो चरणमा जनप्रतिनिधि, पत्रकार, कर्मचारी लगायतलाई खोप दिन सुरु गरिएको छ ।
जिल्ला असपतालमा स्थापना गरिएको केन्द्रबाट फागुन २ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले दोश्रो चरणको पहिलो खोप लगाएका हुन् । तीन केन्द्र मार्फत आगामी फागुन ९ गतेसम्म जनप्रतिनिधि, पत्रकार, कर्मचारी, बैंक तथा संस्थाका कर्मचारी, जनपथ प्रहरी र शसस्त्र प्रहरीलाई कोभिड विरुद्घको खोप दिइने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । जिल्ला अस्पतालबाट हप्ता दिनसम्म खोप दिने व्यवस्था मिलाइएको छ ।
यस्तै प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क र खोटेहाङ गाउ“पालिकाको खोटाङबजारस्थित स्वास्थ्यचौकीबाट माघ ३ गतेदेखि ९ गतेसम्म कोभिड विरुद्घको खोप लगाउने व्यवस्था गरिएको सिग्देलले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित