सविना अछामे–
खोटाङ, फागुन ३ –जिल्लास्थित संयुक्त संघर्ष समितिले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । गत माघ २१ गते बलात्कारपछि हत्या भएकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत फागुन ३ गते गृहमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका हुन् ।
संयुक्त संघर्ष समिति खोटाङका अध्यक्ष दीपक ठटालद्वारा हस्ताक्षरित ज्ञापनमा हत्यामा संलग्नलाई तत्काल कानुनी कारबाही गरी न्याय दिलाउनका माग गरिएको छ । उक्त घटनालाई ढाकछोप गरे आम हड्तालका कार्यक्रम गर्ने समेत उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित