भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

  • प्रकाशित मितिः फाल्गुन ३, २०७७
  • 812 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन ३ –जिल्लास्थित संयुक्त संघर्ष समितिले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । गत माघ २१ गते बलात्कारपछि हत्या भएकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत फागुन ३ गते गृहमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका हुन् ।
संयुक्त संघर्ष समिति खोटाङका अध्यक्ष दीपक ठटालद्वारा हस्ताक्षरित ज्ञापनमा हत्यामा संलग्नलाई तत्काल कानुनी कारबाही गरी न्याय दिलाउनका माग गरिएको छ । उक्त घटनालाई ढाकछोप गरे आम हड्तालका कार्यक्रम गर्ने समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित