साइनोको संगीतमय प्रस्तुति

  • प्रकाशित मितिः फाल्गुन २, २०७७
  • 1053 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन १–साइनो कला केन्द्रले सांगीतिक प्रस्तुति गरेको छ । आफ्नो वार्षिक उत्सवका अवसरमा सांगीतिक प्रस्तुति दिएको हो ।

2 2
यो अवसरमा उत्कृष्ट प्रशिक्षार्थी रीता लयालु पुरस्कृत भएकी छन् । उनले नगद पा“च हजार सहित प्रमाणपत्रले पुरस्कृत भएकी हुन् । प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले पुरस्कार वितरण गरेका हुन् । साइनो कला केन्द्रले गायन, नृत्य लगायतका सांस्कृतिक गतिविधि गर्दै आएको छ ।

3 2
साइनोले वार्षिक उत्सव कार्यक्रम तयारीका लागि १५ दिनदेखि नै सांगीतिक प्रशिक्षण दिलाएको थियो । मारुनी, साकेला, नेवारी, लोक, हुड्केली, कौडा, धिमाल, हिपप् लगायतका दश वटा नृत्य विभागमा प्रशिक्षण दिइएको साइनो कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले जानकारी गराए । यसका लागि प्रशिक्षक सुशान घिमिरेले प्रशिक्षण दिलाएका थिए ।

5 3

4 2

 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित