ट्याक्टरले किचेर दिक्तेलमा गेलाल भान्जाको मृत्यु

  • प्रकाशित मितिः फाल्गुन १, २०७७
  • 868 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १–ट्याक्टरले किचेर दिक्तेलबजारमा एक जनाको ज्यान गएको छ । दिक्तेलको हाटडाडा“बाट रत्नपार्क जादै गरेको ना ५ त ६६९१ नम्बरको ट्याक्टरले किचेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ का गोरखनाथ गेलालको फागुन १ गते ज्यान गएको हो ।
दिक्तेलस्थित जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय वाणिज्य बैंकको बीच सडकमा ट्याक्टरले किचेको हो । ट्याक्टरले किचेपछि उपचारका लागि दिक्तेल अस्पताल लैजादा मृत्यु भइसहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए । दिक्तेलमा गेलाल भान्जा भनेर चिनिने गोरखनाथ गेलाल दिक्तेल बजारमा मागेर गुजारा चलाउथे ।

तस्बिर साभार : फेसबुकबाट

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित