तीन मुक्तक

  • प्रकाशित मितिः माघ 29, 2077
  • 213 पटक पढिएको
  • संवादताता

विष्णु उपरकोटी–
मुक्तक-१ 
ठूलाको लहैलहैमा लागेर कहा“ हुन्छ र
दा“त नपलाई हड्डी मागेर कहा“ हुन्छ र
बिहे गर्न त धेरै कुराको आवश्यकता पर्छ
बच्चासंग बच्चा भागेर कहा“ हुन्छ र
मुक्तक-२
समय बिर्सेर जानी नजानी त भन्नू मात्र हो
केही समयको छोटो कहानी त भन्नु मात्र हो
यहा“ आफुले दुःख भोगेको वर्षौ भैसक्यो
दुई दिनको जिन्दगानी त भन्नु मात्र हो ।
मुक्तक-३
पुरानोको हार नया“को जित भएको हो ।
त्यसपछि छुट्टै व्यवस्था गठित भएको हो
म त्यही गोरु थिए“ तिम्रो जिन्दगानीमा,
जो टयाक्टर आएसी विस्तापित भएको हो ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2021 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित