आत्म हत्या ?

  • प्रकाशित मितिः आश्विन २, २०७५
  • 2003 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, असोज २–श्रीमतीलाई आत्म हत्या गर्न वाध्य पारिएको अभियोगमा दिप्रुङ चुइचुम्मा–२ डा“डागाउ“का ३४ वर्षीय रमेश विश्वकर्मा खाती पक्राउ परेका छन् । उनले २५ वर्षीया श्रीमती सीता विश्वकर्मालाई गत भदौ १९ गते आत्म हत्या गर्न वाध्य पारेको भन्दै गत भदौ २१ गते पक्राउ परेका हुन् । रमेश वैदेशिक रोजगारीका लागि गएको र आएपछि श्रीमतीमाथि  चरित्रको विषयलाई लिएर झगडा हुने गरेको प्रहरीले जनाएको छ । घटनाको दिन मृतकमाथि कुटपिट समेत भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
नया“ मुलुकी अपराध (संहिता) को दफा १८५ अनुसार खातीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । नया“ मुलुकी अपराध (संहिता) को दफा १८५ मा दुरुत्साहन दिने वा आत्महत्या गर्नेसम्मको परिस्थिति खडा गर्ने गराउनेलाई पा“च वर्ष जेल सजाय र ५० हजार रुपैया“ जरिवाना हुने व्यवस्था छ । यसै अभियोगमा खातीलाई पक्राउ गरी अनुसन्धान बढाइएको डिएस्पी केसीले बताए ।
त्यसो खोटाङमा आत्म हत्या गर्नेको संख्या निक्कै नै छ । यो आर्थिक वर्षमा आत्म हत्या गर्नेको संख्या १३ पुगेको छ । यस मध्ये विष सेवन गरेर आत्म हत्या गर्ने तीन र झुण्डिएर आत्म हत्या गर्ने नौ जना छन् । अघिल्लो वर्ष आत्म हत्या गर्नेको संख्या ५२ थियो । यसमध्ये विष सेवनबाट १४ र झुण्डिएर ३८ जनाले ज्यान गुमाएका थिए । 
डिएस्पी केसीका अनुसार वैदेशिक रोजगार, माया“जाल असफल, आर्थिक, घरेलु हिंसा, बृद्ध–बृद्धालाई छोरा–छोरीले हेरचाह नगर्नु  तथा हेलो–होचो लगायतका कारणले आत्म हत्या गरेको पाइएको छ ।
त्यसो त नेपाल आत्महत्या गर्ने मुलुकको आठौं नम्बरमा छ । आठौं स्थानमा रहेको नेपालमा प्रतिएकलाख मानिसमा आत्महत्याको दर २४.९ छ । अर्थात् हरेक एक लाखमा झण्डै २५ जना नेपालीले आत्महत्या गर्ने गरेका छन् । विश्वमा भने हरेक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेका छन् । 
बढी आत्महत्या हुने देशहरु :
विश्वमा सबैभन्दा धेरै आत्महत्या हुने मुलुक गुएना हो, जहाँ हरेक १ लाखमा ४४.२ को दरले आत्महत्या गर्छन् । दोस्रोमा प्रतिलाख ३८.५ सहित उत्तर कोरिया छ । तेस्रोमा दक्षिण कोरिया (२८.९) श्रीलंका (२८.८) सहित चौथो र पाँचांै स्थानमा लिथुआनिया (२८.२) छन् ।
त्यस्तै छैटौं  स्थानमा सुरिनेम (२७.८) र सातौँ स्थानमा मोजाम्बिक  (२७.७ ) रहेका छन् । नेपाल र तान्जानिया दुबै संयुक्त रुपमा बढी आत्महत्या हुने मुलुकको सूचिमा आठौँ स्थानमा रहेको प्रतिवेदनमा देखाइएको छ ।
बढी आत्महत्या गर्ने दसौं स्थानमा बुरुण्डी रहेको छ । जसको आत्महत्या दर २३.१ छ ।
भारत आत्महत्याको राजधानी :
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार भारत यस्तो देश हो, जहाँ विश्वका सबैभन्दा धेरै मानिसले आत्महत्या गर्दछन् । डब्लएचओका अनुसार दक्षिण तथा पूर्वी एशिया क्षेत्र विश्वमा सबैभन्दा बढी आत्महत्या हुने क्षेत्र हो । विश्वमा हुने आत्महत्यामध्ये ३९ प्रतिशत आत्महत्या यही क्षेत्रका निम्न तथा मध्यम आय भएका मुलुकका जनताले गर्ने गर्छन् । यस क्षेत्रका कृषिमा आधारित जनताले आत्महत्या गर्ने मुख्य साधन भनेको विषादिको सेवन रहेको छ ।
मुख्य चुनौतीः सेलिब्रेटीको आत्महत्या :
विश्व स्वास्थ्य संगठनका अनुसार सेलिब्रेटीहरुको आत्महत्याको खबरलाई संचार माध्यमले प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्ने विषय आत्महत्या न्यूनीकरणमा मुख्य चुनौती बनेको छ । सेलिब्रेटीहरुको आत्महत्याको खबर प्र्रमुखताका साथ प्रशारण हुँदा आत्महत्यासमेत ग्लामरको एउटा पाटो बनेको र यसले सर्वसाधारणलाई समेत चर्चा कमाउनका लागि आत्महत्या गर्न प्रेरित गर्ने गरेको ठहर विश्व स्वास्थ्य संगठनको रहेको छ ।
रिपोर्टअनुसार विश्वमा आत्महत्याका पीडितहरु प्रायः सीमान्तकृत समूहका छन् जसमा यसको बचावटको उपायसम्म पहु“च छैन ।
विष पिएर मर्नेहरु बढी :
आत्महत्या गर्नका लागि प्रयोग गर्ने साधनमध्ये विष सेवन (खासगरी किरा मार्न प्रयोग गरिने विष) ग्रामीण समुदायमा सबैभन्दा बढी प्रयोग भएको पाइएको छ । त्यस्तै झुण्डिने र आफैलाई गोली वा हतियार प्रहार गर्ने पनि आत्महत्याका माध्यम बनेका छन् । यस्ता माध्यमहरुमा जोखिमयुक्त व्यक्तिको पहु“चलाई बन्देज गरिएमा आत्महत्याको दर घट्ने ठम्याइ पनि संगठनको रहेको छ ।
संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार हरेक वर्ष ८ लाखले आत्महत्या गर्छन् । भारतमा मात्रै एकै वर्ष २ लाख ५८ हजार ५७ जनाले आत्महत्या गरे । नेपालमा एक वर्षमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेमा महिलाहरु भन्दा पुरुष बढी छन् । नेपालमा पनि आत्महत्या गर्नेमा महिला भन्दा पुरुषहरु नै बढी छन् । ७० वर्ष कटेकाहरुमा बढी यो समस्या देखिएको छ । विश्वमा आत्महत्या सम्बन्धी उदेकलाग्दा तथ्यहरु भेटिएका छन् । स्वीटजरल्याण्डमा आत्महत्यामा सहयोग गर्ने र आत्महत्या गर्न पाउनुपर्ने (राइट टु डाइ)को वकालत गर्ने संस्थासमेत छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा आत्महत्याका कारण मर्ने मानिसको संख्या द्वन्द्व र प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउनेको संख्याभन्दा बढी छ ।
विश्वमा हरेक वर्ष अकालमा ज्यान गुमाउने १५ लाख मानिसमध्ये आधाजसोले आत्महत्या गर्ने गरेको संगठनले जनाएको छ । विश्वमा हुने आत्महत्या सम्बन्धी पहिलो विस्तृत अध्यनन प्रतिवेदन तयार पारेको विश्व स्वास्थ्य संगठनले जेनेभामा एक कार्यक्रमबीच हालै उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । पछिल्लो एक दशकमा विश्वका १ सय ७२ देशको आत्महत्याको तथ्याङ्क विश्लेषण गरी यो प्रतिवेदन तयार गरिएको हो ।
आत्महत्याको दर महिलामा भन्दा पुरुषमा दोब्बर देखिएको छ । पुरुषमा आत्महत्याको दर प्रतिलाखमा १५ जना छ भने महिलामा हरेक एक लाखमा ८ जनाले आत्महत्या गर्ने गरेका छन् । कतिपय धनी देशमा भने पुरुषहरुमा आत्महत्याको दर महिलामा भन्दा तेब्बर बढी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । समग्रमा धनी देशहरुमा आत्महत्याको दर गरीब देशमा भन्दाबढी रहेको तथ्यांकले देखाएको छ । गरीब देशमा आत्महत्याको दर प्रतिलाखमा ११.२ छ भने धनी देशमा प्रतिलाखमा १२.७ छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित