सेनेटरी प्याड बनाउ“ने शीप बाड्दै कविता

  • प्रकाशित मितिः माघ २९, २०७७
  • 1092 पटक पढिएको
  • संवादताता

सविना अछामे–

खोटाङ माघ २९–ऐसेलुखर्क गाउ“पालिका–३ ऐसेलुखर्ककी १६ वर्षीया कविता वन एउटा अभियानमा जुटेकी छन् । गाउ“पालिकाभरिका किसोरीहरुलाई सेनेटरी प्याड बनाउ“ने शीप दिने अभियानमा जुटेकी हुन् ।

उनले ऐसेलुखर्कका करिब ७० जना भन्दा बढीलाई प्याड बनाउ“ने तालिम दिएकी हुन् । आफूले तालिम लिएर गाउ“मा फर्केपछि उनैले दिएको तालिमबाट यत्तिका युवतीहरुलाई तालिम दिलाएकी हुन् । वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को आर्थिक सहयोगमा ग्रामीण युवा सशक्तिकरण तथा अनुसन्धान केन्द्र राखावाङ्देलले ऐसेलखर्कमा गत माघ १२ गते सञ्चालन गरेको ‘लाइफ स्कील तालिम अन्तरगत सेनेटरी प्याड बनाउ“ने तालिम लिएपछि गाउ“मा आएर तालिम दिलाएकी हुन् ।

वनको अरुलँई पनि प्याड बनाउ“ने तालिम दिने लक्ष्य सुनाइन् । उनका अनुसार ऐसेलखर्क गाउ“पालिका सात वडाका आठ माविका किशोरीहरुलाई प्याड बनाउ“ने तालिम दिने योजना बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित