प्रधानमन्त्रीको कदम विरुद्ध जनता समाजवादीले दिक्तेलमा मसाल जुलुस निकाल्यो

  • प्रकाशित मितिः माघ २८, २०७७
  • 845 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २८–प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध जनता समाजवादी पार्टीले माघ २८ गते दिक्तेलमा मसाल जुलुस प्रदर्शन गरेको छ । दिक्तेलको किरात चौकबाट सुरु मसाल जुलुस बेसक्याम्प आएर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. केके राईले प्रधानमन्त्री ओली कु पात्र भएको औल्याए । जनताको सेवक भएर कु शासन गरेको डा. राईको भनाई थियो । प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदम नसच्चिए जनताले सधैंका लागि विदा गर्ने डा.राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित