सविना अछामे–
खोटाङ, माघ २८–बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै पञ्च माविका विद्यार्थीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित उक्त विद्यालयमा अध्ययनरत कानून संकायका विद्यार्थीले बलात्कारपछि हत्यामा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै खोटाङक प्रमुख जिल्लाअधिकारी मित्रलाल शर्मा मार्फत माघ २८ गते ज्ञापनपत्र बुझाएका हुन् ।
किशोरीको बलात्कारपछि बिरोध, दोषीलाई कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका हुन् । यो घट्नालाई तोडमोड, ढाकछोप र बहानाबाजीमा दोषीलाई उन्मुक्ति दिन नहुने ज्ञापनमा उल्लेख छ । गृहमन्त्रीज्यू यस प्रकारको क्रुर, अमानवीय एबम् कायरतापूर्ण जघन्य कसुरका दोषीलाई अविलम्ब पक्राउ गरी निजहरु उपर अनुसन्धान गरी हदैसम्मको कानूनी कारबाहीको माग गरिएको कानुन संकायका विद्यार्थी समूहका संयोजक कृष्णा आचार्यले बताइन् ।
दोगडाकेदार गाउ“पालिका–७ निवासी सनातन धर्म माविमा कक्षा १२ मा अध्ययतरत भागरथीको माघ २१ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको जंगलमा शव फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित