सविना अछामे–
खोटाङ, माघ २८–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा खसी, बाख्रा र भेडालाई पिपिआर विरुद्घको खोप दिन थालिएको छ । भेडा बाख्रालाई रोगबाट बचाउ“न पिपिआर विरुद्धको खोप लगाइएको हो ।
उक्त गाउ“पालिकाको ७ वटै वडामा पिपिआर खोप सप्ताह अभियान सुरु गरेको गाउ“पालिकाले जनाएको छ । राष्ट्रिय पिपिआर दिवस अन्तरगत भेटेरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलसंगको सहकार्यमा गाउ“पालिकाले माघ २६ गतेदेखि खसी, बाख्रा र भेडालाई पिपिआर भ्याक्सिनको दिन थालेको कृषि शाखाका संयोजक सर्गम बुढाथोकीले बताइन् । महामारीका रुपमा फैलिन सक्ने पिपिआर रोगबाट खसी बाख्रालाई जोगाउ“न भ्याक्सिन दिइएको हो ।
भेटेरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालयले पिपिआर विरुद्घको खोप निशुल्क उपलव्ध गराएको खोप हो । १२ हजार भ्याक्सिनको व्यवस्था गरेर खसी बाख्रा र भेडालाई खोप दिन सुरु गरेको संयोजक बुढाथोकीले सुनाइन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित