खसी, बाख्रा र भेडालाई पिपिआर खोप

  • प्रकाशित मितिः माघ २८, २०७७
  • 1376 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ २८–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा खसी, बाख्रा र भेडालाई पिपिआर विरुद्घको खोप दिन थालिएको छ । भेडा बाख्रालाई रोगबाट बचाउ“न पिपिआर विरुद्धको खोप लगाइएको हो ।
उक्त गाउ“पालिकाको ७ वटै वडामा पिपिआर खोप सप्ताह अभियान सुरु गरेको गाउ“पालिकाले जनाएको छ । राष्ट्रिय पिपिआर दिवस अन्तरगत भेटेरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलसंगको सहकार्यमा गाउ“पालिकाले माघ २६ गतेदेखि खसी, बाख्रा र भेडालाई पिपिआर भ्याक्सिनको दिन थालेको कृषि शाखाका संयोजक सर्गम बुढाथोकीले बताइन् । महामारीका रुपमा फैलिन सक्ने पिपिआर रोगबाट खसी बाख्रालाई जोगाउ“न भ्याक्सिन दिइएको हो ।
भेटेरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालयले पिपिआर विरुद्घको खोप निशुल्क उपलव्ध गराएको खोप हो । १२ हजार भ्याक्सिनको व्यवस्था गरेर खसी बाख्रा र भेडालाई खोप दिन सुरु गरेको संयोजक बुढाथोकीले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित