नेकपा विभाजन : को कुन पक्षमा ?

  • प्रकाशित मितिः माघ २७, २०७७
  • 868 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २७–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको सङ्घारमा उभिएको छ । कानुनतः विभाजन नभए पनि नेताहरुको मनोस्थिति भने पूर्ण रुपमा टुक्रिएको छ । यसको प्रभाव जिल्लातहसम्मै झरेको छ । यसमा खोटाङ पनि अछुतो छैन । जिल्लामा पनि प्रधानमन्त्री केपी ओली र प्रचण्ड–नेपाल समूहमा विभाजन भइसकेको छ । कतिपय भने सर्वोच्च अदातल र निर्वाचन आयोगको फैसला पर्खिएर बसेका छन् । यो समूहलाई भने दुबै समूहले अवसरवादीको संज्ञा दिएका छन् ।
खोटाङमा एक सय ४९ जना जिल्ला कमिटी सदस्यमध्ये ओली समूहमा ४८ जना देखिएका छन् । यसमध्ये ९४ जना दाहाल–नेपाल समूहमा खुलेका छन् । आठ जना जिल्लास्तरीय नेताहरु भने खुलेका छैनन् ।
स्थायी आमन्त्रित सदस्य टंक राई, केन्द्रीय कमिटी सदस्यहरु रामकुमार राई, राजन राई, समिता कार्की, दुर्गाजयन्ती राई, प्रदेश कमिटी सदस्यहरु उषाकला राई, बबि चाम्लिङ, ध्रुव बुढाथोकी, सुरेशकुमार राई, अमेम्बर राई लगायतका नेताहरु दाहाल–नेपाल समूहमा छन् । केन्द्रीय सदस्य विशाल भट्टराई प्रदेश कमिटी सदस्य पा“चकर्ण राई, हरिकुमार पोखरेल, कर्ण घले लगायतका नेताहरु ओली समूहमा छन् ।
जिल्ला अध्यक्ष देवान चाम्लिङ ‘पृथ्वी’, कार्यालय सदस्यहरुमा दिपक पाण्डे, जीवन राई ‘संगीन’, जलशेर राई लगायतका पनि दाहाल–नेपाल समूहमा छन् । जिल्ला सचिवालय सदस्यहरुमा विनोद आचार्य, खडेन्द्र साम्पाङ, रस्मी रसायली, उदयबहादुर कार्की, हिरन्य आलेमगर, अर्जुनकुमार खड्का, अकिलकुमार राई, कल्पना राई, हस्तबहादुर राई ‘आमोद’, लिलाबहादुर श्रेष्ठ ‘सविन’, सीताराम अधिकारी ‘भूमी’, गीतामाया राई, मुक्ति किराती, चइन्द्र राई, सन्तोष राई, निशाना राई, जयप्रकाश राई, विर्सिका राई, मनिषा राई, माधव राई, श्रीबहादुर राई लगायतका दाहाल–नेपाल समूहमा छन् ।
जिल्ला सचिव रामप्रसाद दंगाल, कार्यालय सदस्यहरु देवविक्रम राई, कुमारप्रसाद आचार्य लगायत ओली समूहमा छन् । जिल्ला सचिवालय सदस्यहरुमा गणेश कोइराला, गृहबहादुर राई, देवीप्रसाद रेग्मी, दीपनारायण रिजाल, चर्चबहादुर विश्वकर्मा, इन्द्रप्रसाद दंगाल, प्रकाश चौलागाई, दिलचक्र राई, शिवराज राई, नवीन राई, लिलानाथ निरौला, दिलकुमारी राई, विणादेवी राई, सम्मरबहादुर भुजेल लगायत ओली समूहमा छन् ।
त्यस्तै रमेश पौडेल, जीवन गिरी, लिला तामाङ, वर्णकुमार राई, पुष्पकला भुजेल, दीपक ठटाल, भीमबहादुर पाण्डे, बाबुराम जोशी, किशोर श्रेष्ठ, रमेश तिवारी, रमेश परियार ‘प्यासी’, देवान राई, दिनेश राई, दिनेश साम्पाङ, वीरेन्द्र ढकाल, कमल ढकाल, अनिषा खनाल, पूर्णकला तामाङ, गोपीकृष्ण खड्का, लोकेन्द्र राई, प्रदीप राई, पाइमान राई, शिवप्रसाद फुयाल, कविता राई, तिलक बस्नेत, शंकरबहादुर राई, दिलबहादुर राई, रुद्र विष्ट, ओमप्रकाश घिमिरे, सुनिल राई, निर्मला आचार्य, अम्बिका राई लगायतका जिल्ला सदस्यहरु पनि ओली समूहमै छन् ।
कृष्णकुमार राई, रुद्र राई, साङ्गे सेर्पा, तेजकुमार राई, श्रीमबहादुर राई, कृष्णचन्द्र श्रेष्ठ, उर्मिला लम्साल, कृष्णबहादुर राई, गिरेन्द्रबहादुर राई, रामबहादुर राई, विष्णु दाहाल, दीपक कार्की, उदय राई, जुद्ध पुलामी, शुक्रबहादुर विश्वकर्मा, मकर राई, ज्ञानबहादुर भुजेल, रामबकस राई, कुमार बुढाथोकी, राजुविक्रम राई, राजनप्रसाद आचार्य, सुमन श्रेष्ठ, पर्शुराम विश्वकर्मा, बलराम राई, खगेन्द्र राइm संगीता राई, विष्णु राई, राजेन्द्र राई, भीमप्रसाद लुइटेल, श्याम गिरी दाहाल–नेपाल समूहमा छन् ।
त्यस्तै बम बानिया“, विकाश राई, धुर्वा राई, बम खत्री, मिलन चाहार, नवीन राई, धनबहादुर राई, शम्भु घिमिरे, नैनकला खत्री, नरेशराज राई, अजम्बर राई, लक्ष्मीकुमार राई, मेरुकुमार राई, इन्द्र नाराथुङ्गे, अर्जुन गैरापिप्ली, कुमार राई, दीपेन राई, सुशिला बान्तावा, कृष्णकुमार राई, वीरबल किराती, कुमार राई, केदार राई, राजकुमार विष्ट, युवराज मगर, खगेन्द्र गुरुङ, माइतीराज राई, भागवत घिमिरे, तेजप्रसाद अधिकारी, पञ्चकुमार राई, सुमन राई, विष्णुकुमार राई, टंक तामाङ, तारा राई, ध्रुवकला राई, दुर्गाबहादुर राई पनि दाहाल–नेपाल समूहमै छन् ।
स्थानीय तहका अध्यक्ष र सचिवहरु पनि ओली र दाहाल–नेपाल लाइनमा उभिएका छन् । ऐसेलुखर्क गाउ“पालिका कमिटी अध्यक्ष प्रशुराम राई र सचिव रमेश राजभण्डारी, केपिलासगढी गाउ“पालिका कमिटी अध्यक्ष रामकाजी राई र सचिव डिकबहादुर गुरुङ, रावाबेसी गाउ“पालिका कमिटी सचिव राजन मगर, हलेसी तुवाचुङ नगर कमिटी सचिव गोपाल दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीका अध्यक्ष विसन राई, साकेला गाउ“पालिका कमिटी अध्यक्ष फूलकुमार राई र सचिव भीम खत्री प्रचण्ड–नेपाल समूहमा छन् । दिप्रुङ चुइचुम्मा गाउ“पालिका कमिटी अध्यक्ष राजेन्द्र राई, जन्तेढङ्गा गाउ“पालिका कमिटी सचिव बद्री राई र बराहपोखरी गाउ“पालिका कमिटी सचिव ताराकान्त राई पनि दाहाल–नेपाल समूहमा छन् ।
रावाबेसी गाउ“पालिका कमिटी अध्यक्ष बलराम रिजाल, हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष सुरेन्द्रकुमार राई, दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी सचिव गोपाल आचार्य भने ओली समूहमा छन् । यस्तै दिप्र्ङ चुइचुम्मा पालिका सचिव कृष्ण कार्की, खोटेहाङ पालिका अध्यक्ष राजन ढकाल, जन्तेढुङ्गा पालिका अध्यक्ष श्याम राई र बराहपोखरी पालिका अध्यक्ष दीर्घ मगर पनि ओली समूहमा छन् । अन्य नखुलेकाहरुलाई आफ्नो पक्ष्ँमा उभ्याउने रणनीतिमा दुबै समूह लागिपरेका छन् । एक–अर्काको समूहमा उभिएकाहरुलाई पनि भत्काउने रणनीति अनाएका छन् । सर्वोच्च अदालत र निर्वाचन आयोगको फैसलापछि यो समीकरण भत्किन सक्ने दुबै पक्षका नेताहरुले आ“कलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित