महिला–दलित वडा सदस्यहरुलाई नेतृत्व विकास तालिम

  • प्रकाशित मितिः माघ २७, २०७७
  • 983 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २७–रावाबेसी गाउ“पालिकाका महिला–दलित वडा सदस्यहरुलाई नेतृत्व विकास तालिम दिइएको छ । स्थानीय तहमा निर्वाचित महिला–दलित वडा सदस्यहरुको क्षमता विकास गर्न तालिम दिलाइएको हो ।
‘सि लिड्स’ परियोजना अन्तरगत महिला नेतृत्व विकाससम्बन्धी तीन दिने तालिम दिइएको हो । वडामा प्रभावकारी ढङ्गले आफ्नो भूमिका निर्वाह गर्न सक्षम बनाउ“ने उद्देश्यले प्रारम्भिक प्रशिक्षण मोड्युल–१ महिला नेतृत्व विकाससम्बन्धी तालिम गरिएको हो । उक्त तालिम माघ २६ गते सम्पन्न भएको हो । स्वीस सरकार विकास नियोग र अस्टे«लियन एडको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालले आइएफइएसको साझेदारीमा सञ्चालन गरिएको हो । उक्त तालिममा गाउ“पालिकाका ६ वडाका १० महिला–दलित महिला जनप्रतिनिधिहरुको सहभागिता थियो । उक्त तालिमको सहजीकरण दलित महिला केन्द्र नेपालका प्रशिक्षक दुर्गाजयन्ती राई र देवेन्द्रकुमार राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित