ठगी हुनबाट जोगाउ

  • प्रकाशित मितिः माघ २७, २०७७
  • 1218 पटक पढिएको
  • संवादताता

सविना अछामे-
खेटाङ माघ २७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आप्रवासी कमदारले वैदेशिक रोजगारीमा भइरहेको ठगी रोक्न माग गरेका छन् । आप्रवासी कामदार हकहित संरक्षण केन्द्रमा आवद्घ आप्रवासी कामदारले त्यस्तो माग राखेका हुन् ।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, श्रम, रोजगार विभाग समक्ष ज्ञापन बुझाएका हुन । वैदेशिक रोजगारीमा भइरहेको बेथिति रोक्न र वैदेशिक रोजगार व्यवसायीबाट रहेको ठगी रोक्न माग गरका हुन् ।
उनीहरुले वैदेशिक रोजगारीका क्रममा मेनपावरहरुबाट भइरहेको ठगीलाई नियन्त्रण गर्न विभागले द्रुत अनुुगमन गरी कारवाही गनु पर्ने, बीमा कम्पनीले मृतक परिवारलाई प्रदान गर्ने बीमित रकम भुक्तानी दिने क्रममा इच्छा विपरित सबै प्रिमियम एकै पटकमा असुल गरी ५ लाखसम्मका बीमा गराइरहेकोले यसरी बीमाको नाममा गरिएको ठगी तत्काल बन्द गर्नु पर्ने लगायतका ६ बुदे माग राखेका छन् ।
यस्तै कोरोना तथा अन्य कारणले वैदेशिक रोजगारीमा अलपत्र परेका कामदारलाई अविलम्ब उद्घार गर्नु पर्ने, विदेशबाट शव तदारुकताका साथ ल्याउनु पर्ने वैदेशिक रोजगारीबाट फर्किएका आप्रवाशी कामदारहरुका लागि रोजगारी सिर्जना गर्न सरकारले व्यवस्था गरेको वित्तीय सहुलियत बिना धितो ऋण उपलव्भ हुनु पर्ने लगायतका माग राखिएको आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका नगरस्तरीय समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित