सविना अछामे–
खोटाङ, माघ २६–खोटेहाङ गाउ“पालिकामा बा“झो जमिनमा फलफूल बगैंचा खेती प्रबद्र्धन कार्यक्रम सुरु भएको छ । बा“झो जमिनलाई हराभरा बनाएर आयआर्जन गर्ने उद्देश्यले फलफूल बगैंचा खेतीका लागि अनुदान कार्यक्रम लागू गरिएको हो ।
वैदेशिक रोजगारी, शहर–बजारमा बसाई सराई लगायतका कारण खेतीयोग्य जमिन बा“झिएपछि फलफूल बगैचा खेती कार्यक्रमका लागि अनुदान कार्यक्रम लागू गरिएको गाउ“पालिका अध्यक्ष प्रदीप राईले बताए । उनका अनुसार आगामी फागुन ३ गतेभित्र उक्त कार्यक्रमका लागि प्रस्ताव पेश गर्न आह्वान गरिएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रम अन्तरगत गाउ“पालिकाले बा“झो जमिनमा कागती, सुन्तला, एभोकार्डो, आ“प, लिची, केरा, दा“ते ओखर, रुख कटहर, ड्रागम फ्रुट, स्ट्रवेरी र जापनीज नासपतीको खेती गर्न कृषक, कृषक समूह, कृषि सहकारी र फर्मलाई प्रस्ताव पेश गर्न आहवान गरेको अध्यक्ष राईले सुनाए ।
अनुदानका लागि नागरिकताको प्रतिलिपि, व्यवसाय दर्ता र नवीकरणको प्रमाणपत्रको पतिलिपि, अनुभव वा तालिम लिएको भए त्यसको प्रमाणपत्रको प्रतिलिपि, व्यवसायिक कार्ययोजना, सम्वन्धित वडाका सिफारिस सहित प्रसताव पेश गर्न सकिने छ । उक्त कार्यक्रम अन्तरगत पेश गरिएको प्रस्तावमध्यबाट एक जना किसान वा एउटा कृषक समूह÷कृषि सहकारीले मात्र अनुदान पाउ“ने छन् ।
बा“झो जमिनमा व्यवसायिक फलफूल बगै“चा अनुदान सन्चालन कार्यविधि २०७७ स्वीकृत गरेर उक्त कार्यक्रम लागू गरिएको अध्यक्ष राईले जनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित