सविना अछामे–
खोटाङ, माघ २६–खोटेहाङ गाउ“पालिकामा बा“झो जमिनमा फलफूल बगैंचा खेती प्रबद्र्धन कार्यक्रम सुरु भएको छ । बा“झो जमिनलाई हराभरा बनाएर आयआर्जन गर्ने उद्देश्यले फलफूल बगैंचा खेतीका लागि अनुदान कार्यक्रम लागू गरिएको हो ।
वैदेशिक रोजगारी, शहर–बजारमा बसाई सराई लगायतका कारण खेतीयोग्य जमिन बा“झिएपछि फलफूल बगैचा खेती कार्यक्रमका लागि अनुदान कार्यक्रम लागू गरिएको गाउ“पालिका अध्यक्ष प्रदीप राईले बताए । उनका अनुसार आगामी फागुन ३ गतेभित्र उक्त कार्यक्रमका लागि प्रस्ताव पेश गर्न आह्वान गरिएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रम अन्तरगत गाउ“पालिकाले बा“झो जमिनमा कागती, सुन्तला, एभोकार्डो, आ“प, लिची, केरा, दा“ते ओखर, रुख कटहर, ड्रागम फ्रुट, स्ट्रवेरी र जापनीज नासपतीको खेती गर्न कृषक, कृषक समूह, कृषि सहकारी र फर्मलाई प्रस्ताव पेश गर्न आहवान गरेको अध्यक्ष राईले सुनाए ।
अनुदानका लागि नागरिकताको प्रतिलिपि, व्यवसाय दर्ता र नवीकरणको प्रमाणपत्रको पतिलिपि, अनुभव वा तालिम लिएको भए त्यसको प्रमाणपत्रको प्रतिलिपि, व्यवसायिक कार्ययोजना, सम्वन्धित वडाका सिफारिस सहित प्रसताव पेश गर्न सकिने छ । उक्त कार्यक्रम अन्तरगत पेश गरिएको प्रस्तावमध्यबाट एक जना किसान वा एउटा कृषक समूह÷कृषि सहकारीले मात्र अनुदान पाउ“ने छन् ।
बा“झो जमिनमा व्यवसायिक फलफूल बगै“चा अनुदान सन्चालन कार्यविधि २०७७ स्वीकृत गरेर उक्त कार्यक्रम लागू गरिएको अध्यक्ष राईले जनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ वैशाख ८–कारोनाविरुद्घको पह... ... ...
सविना अछामे–खोटाङ, वैशाख ८–खोटेहाङ गाउ“पालि... ... ...
सविना अछामे–खोटाङ, वैशाख ८–दिपु्रङ चुइचुम्मा ... ... ...
सविना अछामे–खोटाङ, वैशाख ७–खोटेहाङ गाउ“पालि... ... ...
सविना अछामे–खोटाङ वैशाख ७–कर्मचारीको निधनमा ... ... ...
Copyright © 2021 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित